निजी अस्पताल र क्लिनिकहरूमा स्तनपान कक्ष अनिवार्य स्थापना गर्न निर्देशन
सारांश
- सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा क्लिनिकहरूमा अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ।
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको परिवार कल्याण महाशाखाले स्तनपान गराइरहेका आमाहरूलाई सहजता प्रदान गर्न यो कदम चालेको हो।
- यो व्यवस्था स्तनपान प्रवर्धन संरक्षण तथा सहयोगका लागि बालबालिकाको सर्वाङ्गीण विकासमा योगदान गर्ने कार्यविधि, २०८० अनुसार अनिवार्य गरिएको छ।
काठमाडौँ । सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा क्लिनिकहरूमा अनिवार्य रूपमा स्तनपान कक्ष (ब्रेस्टफिडिङ रुम) स्थापना गरी व्यवस्थित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले मिति एक पत्र जारी गर्दै यो निर्देशन दिएको हो। महाशाखाका निर्देशक डा.मदनकुमार उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा स्तनपान गराइरहेका आमाहरूलाई सार्वजनिक स्थल, स्वास्थ्य संस्था, कार्यस्थल तथा आपतकालीन अवस्थामा सहज तरिकाले स्तनपान गराउन नपाइरहेको वर्तमान परिप्रेक्ष्यलाई मध्यनजर गर्दै यो कदम चालिएको उल्लेख छ।
स्तनपान प्रवर्धन संरक्षण तथा सहयोगका लागि बालबालिकाको सर्वाङ्गीण विकासमा योगदान गर्नु स्तनपान कक्ष स्थापना तथा सञ्चालन कार्यविधि, २०८० अनुसार यो व्यवस्था अनिवार्य गरिएको हो।
महाशाखाले सम्पूर्ण निजी अस्पताल तथा क्लिनिकहरूलाई यथाशीघ्र स्तनपान कक्ष स्थापना गरी व्यवस्थित रूपमा सञ्चालन गर्न अनुरोध गरेको छ। यस पत्रको बोधार्थ तथा प्रतिलिपि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक र मन्त्रालयको सार्वजनिक सूचना समन्वय शाखालाई समेत दिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरेनियम धातु उत्खनन गर्न कसैसँग सम्झौता भएको छैन : परराष्ट्रमन्त्री
-
रास्वपा अनुशासन आयोगको प्रमुखमा लेखनाथ पौडेल
-
बाँकेमा रासायनिक मल वितरण
-
फ्रान्सको खतरनाक लय : विपक्षीलाई तर्साउँदै ‘सुपरस्टार’हरूको टोली
-
सुनथराली विमानस्थलमा यात्रु अभावका कारण नियमित उडान हुन सकेन : सरकार
-
इन्धनको मूल्य समायोजनसँगै गाडीभाडा घटाउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण