बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

दक्षिण कोरियाका राष्ट्रपतिद्वारा हान सेओङ–सुकलाई प्रधानमन्त्री नियुक्त

बुधबार, १७ असार २०८३, १६ : २३
बुधबार, १७ असार २०८३

सियोल । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले हान सेओङ–सुकलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति प्रवक्ता काङ् यु–जुङले बुधबार घोषणा गरेका छन्।

नियुक्ति आगामी जुलाई १ देखि लागू हुने जनाइएको छ। यससँगै हान ली जे म्युङको प्रशासनमा दोस्रो महिला प्रधानमन्त्री, किम मिन–सिओकका उत्तराधिकारी तथा देशको इतिहासमा ५०औँ प्रधानमन्त्री बनेकी छन्।

दक्षिण कोरियाको राष्ट्रिय सभाले हान सेओङ–सुकलाई प्रधानमन्त्रीका रूपमा नियुक्त गर्न गरिएको मतदानमा १६६ मत पक्षमा परेको थियो। सत्तापक्ष र सरकार समर्थक दलका उपस्थित १६७ सदस्यमध्ये एक जनाले विपक्षमा मतदान गरेका थिए। हान यस पदका लागि अयोग्य रहेको तर्क गर्ने मुख्य विपक्षी दल पिपुल पावर पार्टी (पीपीपी) ले बहिष्कार गरे पनि जुन ३० मा पूर्ण अधिवेशनमा मतदान भएको थियो।

लघु तथा मध्यम उद्यम (एसएमई) मन्त्रीका रूपमा कार्यरत हान सेओङ–सुक प्रधानमन्त्री नियुक्त भएसँगै २० वर्षपछि दक्षिण कोरियाले पुनः महिला प्रधानमन्त्री पाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप