सञ्चारमाध्यमप्रति सरकारको दृष्टिकोणमा सङ्कुचन आयो: अध्यक्ष शर्मा
सारांश
- नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा सङ्कुचन आएको आरोप लगाएकी छिन् ।
- उनले संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेको भएपनि नयाँ सरकार बनेको सय दिनमा सरकारबाटै सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउन नसकेको टिप्पणी गरिन् ।
- पत्रकारहरूको सूचनामा पहुँच सीमित भएको र सरकारले आर्थिक केन्द्रबाट प्रेसलाई नियन्त्रण गर्ने प्रयास गरेको उनको आरोप छ ।
काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा सङ्कुचन आएको आरोप लगाएकी छिन् ।
आइतबार ललितपुरमा महासङ्घद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारबाट अभिव्यक्ति स्वतन्त्रता सङ्कुचित गरिएको आरोप लगाइन् । उनले संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेको भएपनि नयाँ सरकार बनेको सय दिनमा सरकारबाटै सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउन नसकेको टिप्पणी गरिन् ।
पत्रकारहरूको सूचनामा पहुँच सीमित भएको उनको आरोप छ । सिंहदरबारमा मन्त्रालयसम्म पत्रकार पुग्ने सामर्थ्य भएपनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गेटसम्म पनि पत्रकारहरू जान नपाउने अवस्था रहेको जिकिर गरिन् । संसदीय समितिहरूमा पनि पत्रकारहरू सहज रूपमा प्रवेश गर्नसक्ने अवस्था नरहेको भन्दै असन्तुष्टि व्यक्त गरिन्। अध्यक्ष शर्माले सरकारले आर्थिक केन्द्रबाट प्रेसलाई नियन्त्रण गर्ने प्रयास गरेको आरोप लगाइन् ।
अध्यक्ष शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताअन्तर्गत सूचना माग्ने, सूचना प्राप्त गर्ने तथा तथ्यको परीक्षण र यकिन गरेर मात्रै समाचार वा सामग्री प्रकाशन तथा प्रसारण गर्ने अधिकार परेपनि सरकार संविधानअनुसार प्रेस स्वतन्त्रताको पक्षमा नदेखिएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने
-
मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको उछाल
-
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडका लागि ६ जना विद्यार्थी चीन प्रस्थान
-
चीनद्वारा पास्टर एज्रा जिन रिहा
-
अन्य क्षेत्रको तुलनामा बैंकको प्रतिफल न्यून छ : सीईओ ज्ञवाली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण