चीन–रुसद्वारा संयुक्त नौ सैनिक अभ्यास र सामुद्रिक गस्ती
आइतबार, २१ असार २०८३, १४ : ५२
चीन र रुसले यसै महिनादेखि संयुक्त नौ सैनिक अभ्यास तथा सामुद्रिक गस्ती सञ्चालन गर्ने भएका छन्।
चीनको राष्ट्रिय रक्षा मन्त्रालयले आइतबार जनाएअनुसार, दुवै देशका नौसैनिक बलले चीनको पूर्वीशानडोङ प्रान्तस्थित छिङदाओ बन्दरगाह सहर नजिकको जलक्षेत्र तथा आकाशमा ‘जोइन्ट सी–२०२६’ नामक संयुक्त नौसैनिक अभ्यास गर्नेछन्।
विज्ञप्तिअनुसार, अभ्यास सम्पन्न भएपछि दुवै पक्षका केही नौसैनिक इकाइले प्रशान्त महासागरका सम्बन्धित क्षेत्रमा संयुक्त सामुद्रिक गस्ती पनि सञ्चालन गर्नेछन् ।
मन्त्रालयले यस अभ्यासलाई दुई देशबीचको वार्षिक सैन्य सहयोग योजनाको हिस्सा बताउँदै यसले सुरक्षा चुनौतीको सामना गर्न तथा क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न योगदान पुर्याउने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण