एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आइतबार, २१ असार २०८३, १४ : ५९
सारांश
- एमाले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलको बैठक असार २५ गते बस्ने भएको छ ।
- यसअघि असार २२ गते बस्ने भनिएको बैठक प्रवास र सल्लाहकार कमिटीको सुझाव लिने कार्यतालिका थपिएपछि सारिएको हो ।
- निर्वाचनमा पराजयपछि पार्टी पुनर्गठनका लागि सो कार्यदलको प्रतिवेदनका आधारमा एमालेले तयारी गरिरहेको छ ।
काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन गर्न गठित एमाले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलको बैठक असार २५ गते बस्ने भएको छ । यसअघि कार्यदलको बैठक असार २२ गते तय भएकोमा मिति परिवर्तन भएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए ।
‘कार्यदलको बैठक असार २२ को सट्टा २५ गतेलाई सारिएको छ’, आचार्यले भने- ‘असार २२ मा प्रवास कमिटी र २३ सल्लाहकार कमिटीको सुझाव लिने कार्यतालिका थप भएकाले कार्यदल बैठकको समय परिवर्तन भएको हो ।’
थापा नेतृत्वको कार्यदलको प्रतिवेदनका आधारमा पार्टी पुनर्गठन गर्ने एमालेको तयारी छ । निर्वाचनमा लज्जास्पद हार खाएपछि एमालेमा पुनर्गठन बहस तीव्र छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हालान्डविरुद्ध गाब्रियलः प्रिमियर लिगको भिडन्त अब विश्वकपमा
-
हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु
-
डोल्पामा जिप दुर्घटना : एक जनाको मृत्यु, १३ जना घाइते
-
लुम्बिनी प्रदेश सभा बैठक : बजेटमाथिको सैद्धान्तिक छलफल जारी
-
प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीविरुद्ध अदालत जाने तयारीमा कांग्रेस
-
मालदह आँपको मूल्य बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण