चिनियाँ उपमन्त्री यान नेपाल आउँदै
काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका नेता एवं वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउँदै छन् । अर्थ मन्त्रालयको निमन्त्रणामा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
नेपाल–चीन संयुक्त आर्थिक तथा व्यापार समितिको बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेको बताइएको छ । परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणबाट फर्केपछि चीनबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
मंगलबार बस्ने द्विपक्षीय बैठकको नेतृत्व नेपालको तर्फबाट अर्थ सचिव र चीनका तर्फबाट वाणिज्य उपमन्त्री यानले गर्ने बताइएको छ ।
मन्त्री खनालको भ्रमणको क्रममा नेपाल र चीनबिचको द्विपक्षीय व्यापार, आर्थिक, प्राविधिक सहायता, कनेक्टिभिटी, सडक सञ्जाललगायतको विषयमा भएको कुराकानीबारे पनि थप छलफल हुने बताइएको छ ।
चिनियाँ उपमन्त्री यानले अर्थमन्त्री स्वर्णिम वाग्ले लगायत उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।
भारतको हिमाचलस्थित सिमलामा निर्वासित जीवन बिताउँदै आएका तिब्बती धार्मिक नेता दलाई लामाको ९१ औँ जन्मदिनकै दिन उपमन्त्री यान आउन लागेका छन् । दलाई लामाका नेपालस्थित अनुनायीहरूले लामाको जन्म दिन मनाउने तयारी गरिरहेका छन् । त्यसका लागि सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
जेनजी आन्दोलनमा दलाई लामाको सहयोग रहेको कुरा बाहिर आएपछि नेपालप्रति चीन सशङ्कित बनेको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई दलाई लामाले शुभकामना एवं बधाई दिएका थिए । जेनजी आन्दोलनमा टीओबीको संलग्नताबारे राजनीतिवृत्तमै चर्चा हुने गरेको छ ।
गत मे २७ मा तिब्बती निर्वासित सरकारको प्रमुख पेनपा त्सेरिंगको शपथग्रहण समारोहमा सहभागी हुन नेपाललाई पनि निम्तो थियो । तर चीनको आग्रहमा सो शपथ समारोहमा नेपालको तर्फबाट कोही पनि सहभागी नभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
सोमबार नै एसियाली विकास बैंकका चेयरमेन मासात्सुगु कान्डा पनि नेपाल भ्रमण आउन लागेका छन् । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहसँग कान्डाको भेटघाट हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसका लागि अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयबिच समन्वय भइरहेको बताइएको छ । यदि प्रधानमन्त्री बालेनले कान्डासँग भेट्न राजी भएमा उनीसँग एक्लाएक्लै यसरी भेट्ने कान्डा नै पहिलो विदेशी प्रतिनिधि हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ
-
नेपालको पर्यटन प्रवर्द्धनबारे अमेरिकामा छलफल
-
नेतन्याहु अर्को सोमबार अमेरिका भ्रमणमा जाने
-
सीमा बन्द र पश्चिम एसिया तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित
-
३९ लाख ठगीको अभियोगमा पक्राउ
-
तेहरानमा हमास र हिज्बुल्लाहका प्रतिनिधिमण्डलसँग अराघचीको भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण