आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

‘थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक’ समितिमा पठाइयाे

आइतबार, २१ असार २०८३, १८ : २४
आइतबार, २१ असार २०८३

बुटवल । लुम्बिनी प्रदेश सभामा पेस भएको ‘थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक’ दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ।

प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत आइतबार बसेको ११औँ बैठकमा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले विधेयकलाई विषयगत समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए।

सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्ताव निर्णयार्थ सभामा प्रस्तुत गरेपछि प्रदेश सभाले सर्वसम्मत रूपमा पारित गरेको हो। यससँगै विधेयक दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ।

समितिले विधेयकका प्रत्येक दफामाथि विस्तृत छलफल गरी प्रतिवेदन तयार गर्नेछ। त्यसपछि प्रतिवेदनसहित विधेयक पुनः प्रदेश सभामा पेस हुनेछ र थप छलफल तथा पारित प्रक्रिया अघि बढाइनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप