दाङमा पाँच हजार बढीको परीक्षण गर्दा छ सय पचासमा सिकलसेलको लक्षण
सारांश
- दाङमा पाँच हजार ७० जनाको परीक्षण गर्दा छ सय ५० जनामा सिकलसेल एनेमियाका लक्षण देखिएका छन् ।
- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न स्थानमा गरेको स्क्रिनिङमा असामान्य हेमोग्लोबिन भेटिएको जानकारी दिएको छ ।
- स्वास्थ्यकर्मीले सिकलसेल र थालसेमिया वंशाणुगत रोग भएकाले समयमै परीक्षण, परामर्श र जनचेतना आवश्यक रहेकोमा जोड दिएका छन् ।
दाङ। दाङमा पाँच हजार बढी नागरिकमा सिकलसेल एनेमिया तथा थालसेमियाको परीक्षण गर्दा छ सय ५० जना बढी सिकलसेल एनेमियाका शङ्कास्पद बिरामी फेला परेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको शिविरबाट पाँच हजार ७० जनाको नमुना सङ्कलन गरेर स्क्रिनिङ गर्दा सिकलसेल एनेमियाका शङ्कास्पद छ सय ५० जना बिरामी भेटिएका हुन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङका विभिन्न स्थानमा पाँच हजार बढीको नमुना सङ्कलन गरेर परीक्षण गर्दा पाँच हजार ७० मध्ये छ सय ७० जनामा सिकलसेलको लक्ष्यण भेटिएको जानकारी दिए । उनले आउने आर्थिक वर्षदेखि सिकलसेलका लक्षण देखिएका ६ सय ५० घर परिवारलाई लक्षित गरेर तीव्र परीक्षण गरिने बताए । उनले सिकलसेल रोग कुनै एउटा जात विशेषको नभई सबैको परीक्षण गर्नुपर्ने बताए ।
प्रतिष्ठानकी प्याथोलोजिस्ट डा. जेनिस छत्कुलीले प्रतिष्ठानले सञ्चालन गरेको सिकलसेल एनेमिया स्क्रिनिङ कार्यक्रममा परीक्षण गरिएकाअसामान्य हेमोग्लोबिन भेटिएको जानकारी गराएकी थिइन् ।
उनका अनुसार प्रतिष्ठानसँगै प्रतिष्ठानले जिल्लाका विभिन्न स्वास्थ्य संस्था तथा विद्यालयमा सञ्चालन गरेको शिविरबाट सङ्कलन गरिएको नमुना परीक्षणबाट सिकलसेल र थालसेमियाको जोखिम अझै चुनौतीपूर्ण रहेको छ । शिविरका क्रममा तीन हजार एक सय ६१ जना महिला र एक हजार नौ सय नौ जना पुरुष गरी पाँच हजार ७० जनामा परीक्षण गर्दा चार हजार चार सय २० जनामा हेमोग्लोबिन सामान्य देखिएको छ भने छ सय ५० जनामा विभिन्न प्रकारका असामान्य हेमोग्लोबिन देखिएको प्रतिष्ठानकी प्याथोलोजिस्ट छत्कुलीले जानकारी गराएकी थिइन ।
उनका अनुसार परीक्षण गरिएकामध्ये ३३ जनामा सिकलसेल डिजिट, तीन सय ४७ जनामा सिकलसेल ट्रेट, तीन जनामा बिटा थालसेमिया मेजर, एक सय ५७ जनामा बिटा थालसेमिया ट्रेट, ५९ जनामा सिकलसेल बिटा थालासेमिया ट्रेट र ५१ जनामा अन्य प्रकारका हेमोग्लोबिन भेरियन्ट फेला परेको हो ।
पाँच हजार नागरिकमा सिकलसेल एनेमिया परीक्षण गर्ने उद्देश्य अनुसार प्रतिष्ठानले चालु आर्थिक वर्षमा घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट तीन सय तीन जना, सिद्धरत्ननाथ नमुना माध्यमिक विद्यालय नारायणपुरबाट एक हजार पाँच सय २७ जना, माध्यमिक विद्यालय सौँडियारबाट सात सय ५१ जना, कोठरी स्वास्थ्यचौकीबाट चार सय ९८ जना, राप्ती आधारभूत अस्पताल सिसहनियामा पाँच सय ६३ जना, दंगीशरण गाउँपालिकाको स्वास्थ्यचौकीमा चार सय ३२ जना, स्वास्थ्यचौकी झिङ्नी र माध्यमिक विद्यालय झिङ्नीबाट दुई सय ७७ जना र मानपुरमा रहेको दीपेन्द्र माध्यमिक विद्यालयबाट तीन सय १९ जनाको नमुना सङ्कलन गरी परीक्षण गरिएको थियो ।
स्वास्थ्यकर्मीले सिकलसेल र थालासेमिया वंशाणुगत रगतसम्बन्धी रोग भएकाले समयमै परीक्षण, परामर्श र जनचेतना आवश्यक रहेकोमा जोड दिएका छन् । विवाहपूर्व तथा सन्तान योजना अघि परीक्षण गर्न सके नयाँ पुस्तामा रोगको जोखिम घटाउन सकिने उनको भनाइ थियो । प्रतिष्ठानले बढी जोखिम रहेका समुदाय तथा क्षेत्रमा परीक्षण र सचेतना कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण