बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

बुधबार, २४ असार २०८३, १० : ५१
बुधबार, २४ असार २०८३

सारांश

  • कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय पाएर फरार भएका ध्रुव बहादुर भुजेललाई मोरङ प्रहरीले पक्राउ गरेको छ।
  • सोलुखुम्बु जिल्ला अदालतले भुजेललाई कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
  • जेन्जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका भुजेल मोरङको सुन्दरहरैँचाबाट पक्राउ परेका हुन्।

विराटनगर । कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय पाएर कारागारबाटै फरार भएका एक प्रतिवादीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका वडा नं। २ घर भएका ध्रुव बहादुर भुजेल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, भुजेललाई सोलुखुम्बु जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उक्त सजाय भुक्तानका लागि केन्द्रीय कारागार जगन्नाथदेवल, काठमाडौँमा रहेका उनी ‘जेन्जी आन्दोलनको क्रममा फरार भएका थिए।

भुजेल मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं। ७ स्थित गोठगाउँमा लुकिछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई फेला पारेको हो। 

पक्राउ परेका भुजेललाई बाँकी कैद भुक्तान र आवश्यक कानुनी कारबाहीका लागि मोरङ कारागार पठाइएको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप