बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु

बुधबार, २४ असार २०८३, १४ : ४४
बुधबार, २४ असार २०८३

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा विद्युतको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ।

बुधबार बिहान करिब १०ः३० बजे बेलका नगरपालिका–९ रामपुर नगर अस्पताल नजिक विद्युतको पोलमा चढेर मिटर बक्सको तार जोड्ने क्रममा नेपाल विद्युत प्राधिकरण रामपुर वितरण केन्द्रमा कार्यरत ४० वर्षीय मिलन राईलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।

करेन्ट लागेपछि करिब चार मिटर माथिबाट खसेर गम्भीर घाइते भएका राईलाई तत्काल रामपुर नगर अस्पताल पुर्‍याइएको थियो। प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रेफर गरिएकोमा दिउँसो १२ः०५ बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रामपुरठोक्साबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप