गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
सारांश
- राष्ट्रिय किताबखानाले निजामती कर्मचारीहरूलाई आर्थिक वर्ष २०८२-८३ को सम्पत्ति विवरण ६० दिनभित्र बुझाउन निर्देशन दिएको छ।
- गत आर्थिक वर्षमा ३,१९६ कर्मचारीले सम्पत्ति विवरण नबुझाएको र नबुझाउनेलाई १० हजार जरिवाना हुने व्यवस्था छ।
- जरिवाना नबुझाएसम्म सेवा सुविधा नपाइने र पेन्सन पट्टा समेत रोक्का गरिने व्यवस्था गरिएको छ।
काठमाडौँ । राष्ट्रिय किताबखानाले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण ६० दिन भित्र बुझाउन निजामती कर्मचारीहरूलाई निर्देशन दिएको छ । श्रावण १ गतेदेखि ६० दिनभित्र सम्पत्ति विवरण बुझाइसक्नुपर्नेछ अन्यथा मनासिव कारण भएकोमा बाहेक नबुझाउनेलाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम १० हजार जरिवाना हुने किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले जानकारी दिए ।
सम्पत्ति विवरण बुझाउनुपर्ने विषय कानुनी दायित्वको रूपमा रहेको भएता पनि गत आर्थिक वर्षमा ३ हजार १९६ कर्मचारीले सम्पत्ति विवरण नबुझाएकाे महानिर्देशक पोखरेलले बताए ।
किताबखानाले कानुन कार्यान्वयन गर्ने कर्मचारीबाट नै कानुनी दायित्वको उलङ्घन हुनु अशोभनीय भएकोले २०८२ पौष ११ गतेदेखि जरिवाना असुलीलाई सेवा सुविधासँग आबद्ध गर्ने गरी विभाग स्तरीय निर्णय गरेको थियो । निर्णयको प्रभावकारी कार्यान्वयनको परिणाम स्वरूप ६ महिनाभित्रै २५० कर्मचारीबाट ३७ लाख ५५ हजार जरिवाना असुल हुन सकेको महानिर्देशक पोखरेलले बताए ।
पोखरेलका अनुसार तिन जना निवृत्त कर्मचारीले जनही ७० हजार जरिवाना बुझाएर पेन्सन पट्टा प्राप्त गरेका छन् । जरिवाना नबुझाएसम्म सेवा सुविधा नपाइने किताबखानाले जनाएको छ ।
किताबखानाले सेवा सञ्चालन गर्ने मन्त्रालयले सरुवा, बढुवा लगायत कर्मचारी व्यवस्थापन सम्बन्धी कुनै पनि निर्णय गर्दाका बखत नै सम्पत्ति विवरण नबुझाएका कर्मचारीलाई नकारात्मक सूचीमा राख्ने बाध्यकारी नीतिगत प्रबन्ध गर्न सुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
-
चरेससहित एक जना पक्राउ
-
लुम्बिनीमा स्थानीय तहका पदाधिकारीको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण