सभामुखबाट छानबिन प्रतिवेदन कार्यान्वयनका लागि संसद् सचिवालयलाई प्राप्त
बुधबार, २४ असार २०८३, १९ : १८
सारांश
- प्रतिनिधि सभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि सङ्घीय संसद् सचिवालयलाई प्राप्त भएको छ।
- सभामुख डाेलप्रसाद अर्याललाई प्राप्त जानकारी र जेठ १८ गते तयार गरिएको मुचुल्काका आधारमा थप जाँचबुझ गर्न सात दिनको समयसीमा तोकी समिति गठन गरिएको थियो।
- प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा गठित समितिले जेठ २५ गते सभामुखसमक्ष प्रतिवेदन पेस गरेको थियो।
काठमाडौं। प्रतिनिधि सभाको गत जेठ १७ गतेकाे बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि सङ्घीय संसद् सचिवालयलाई प्राप्त भएको छ।
सङ्घीय संसद् सचिवालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रतिनिधि सभाको २०८३ साल जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिका सम्बन्धमा सभामुख डाेलप्रसाद अर्याललाई प्राप्त जानकारी र जेठ १८ गते तयार गरिएको मुचुल्काका आधारमा थप जाँचबुझ गर्न सात दिनको समयसीमा तोकी समिति गठन गरिएको थियो।
प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा गठित समितिले जेठ २५ गते सभामुखसमक्ष प्रतिवेदन पेस गरेको थियो। सभामुखले प्रतिवेदन अध्ययनपछि आवश्यक कार्यान्वयनका लागि सचिवालयलाई प्रतिवेदन उपलब्ध गराएको सचिवालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण