इन्डोर सेलिब्रेटी क्रिकेट लिग हुँदै
सारांश
- करिब एक दर्जन सेलिब्रेटीले 'इन्डोर सेलिब्रेटी क्रिकेट लिग' मा ४ टिम बनाएर क्रिकेट खेल्ने भएका छन् ।
- प्रतियोगिताका लागि टिम वारियर्स, टिम च्याम्पियन्स, टिम रेन्जर्स र टिम टाइटन्स गरेर ४ टिम बनाइएको छ ।
- यो खेल साउन १ गते शुक्रबार क्रिकेट एक्सिलेन्स सेन्टरको इन्डोर ग्राउण्डमा आयोजना हुनेछ ।
काठमाडौँ । गायक बद्री पंगेनीदेखि रवि ओडसम्म करिब एक दर्जन सेलिब्रेटीले क्रिकेट खेल्ने भएका छन् । सेलिब्रेटी क्रिकेट उत्सवको रुपमा आयोजना हुन लागेको ‘इन्डोर सेलिब्रेटी क्रिकेट लिग’ मा ४ टिम बनाएर सेलिब्रेटीले क्रिकेट खेल्न लागेका हुन् ।
प्रतियोगिताका लागि टिम वारियर्स, टिम च्याम्पियन्स, टिम रेन्जर्स र टिम टाइटन्स गरेर ४ टिम बनाइएको छ । हालै आयोजित एक कार्यक्रममा आयोजकले कार्यक्रमको बारेमा जानकारी दिँदै टिम समेत सार्वजनिक गरेको हो ।
कार्यक्रममा इन्टरनेशनल इभेन्ट म्यानेजर विक्रान्त कार्की, चर्चित आख्यानकार विप्लव प्रतिक, चर्चित लोकदोहोरी कलाकार बद्री पङ्गेनी चर्चित हास्य कलाकार सन्दीप क्षेत्रीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा क्रिकेट उत्सवका फाउन्डर तथा मिडियाकर्मी विवेक खतिवडाले ‘इन्डोर सेलिब्रेटी क्रिकेट लिग’ले कलाकार तथा खेलाडीहरूको खेल भावनाको विकास गर्ने र सबैलाई एकताको सूत्रमा बाँध्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । प्रतियोगितात्मक संयोजन सञ्जीव उपाध्यायले गरेका छन् ।
खेलमा सहभागी हुने ४ टिममध्ये एउटा टिम च्याम्पियन्समा चर्चित कलाकार सन्दीप क्षेत्रीको कप्तानी रहेको छ । यस टोलीमा सन्तोष उपाध्याय, गायक रवि ओड, पुरुषोत्तम मल्लिक, सौरभ शर्मा (विकेटकिपर), अभि निरौला (फास्ट बलर), क्रिश बम, सोनाम पाख्रिन, रमेश चन्द सोडारी र टंक तिमिल्सिना छन् । दोस्रो टिम लोकप्रिय लोकदोहोरी गायक बद्री पंगेनीको कप्तानीमा छ । जसमा पेमा लामा, भ्योमा, कविर खड्का, मौसम हिमाली, सुरेश न्यौपाने, सञ्जीव, सुविज्ञराज पाण्डे, विजु पार्की र मोहन खड्का छन्।
तेस्रो टिममा विप्लव प्रतिकको कप्तानी छ । जसमा दिलीप ओखेडा, भरत कार्की (विकेटकिपर), सन्तोष बानियाँ, आकाश खड्का, जेरी भण्डारी, लोकी रेग्मी, लक्की आचार्य र पासाङ योञ्जन लामा छन् ।
त्यस्तै, चौथो टिममा विक्रान्त कार्कीको कप्तानी छ । जसमा नायक सुधिर श्रेष्ठ, सौगात विष्ट, सरोज भण्डारी, अनित विष्ट, दिपु कर्ण, सञ्जिव पाठक र राजेश बिसी रहेका छन् ।
खेल साउन १ गते शुक्रबार क्रिकेट एक्सिलेन्स सेन्टरको इन्डोर ग्राउण्डमा आयोजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउने १५९ मेनपावर कारबाहीमा
-
बझाङ दुर्घटनाका ५ जना घाइतेलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज ल्याइयो
-
मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ र प्रदेशका संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
-
आगाे र आन्दाेलनले उब्जाएकाे प्रश्न : नागरिक राज्यसँग किन यति निराश ?
-
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन हिचकिचाउनेले दलाई लामाको मनाउन अनुमति दिए : दुर्गा प्रसाईँ
-
अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण