शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

फिल्म ‘मास्टर्नी’को प्रचार गीतप्रति महिला शिक्षक समाजकाे आपत्ति, हटाउन माग

शुक्रबार, ०१ साउन २०८३, १६ : १३
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • महिला शिक्षक समाजले प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मास्टर्नी’को प्रचार गीतमा अमर्यादित शब्द प्रयोग भएको भन्दै आपत्ति जनाएको छ।
  • समाजले उक्त गीतले शिक्षण पेसाको गरिमा, शिक्षकको सम्मान र महिला शिक्षकहरूको सामाजिक मर्यादामाथि आघात पुर्याएको ठहर गरेको छ।
  • महिला शिक्षक समाजले प्रचार सामग्री तत्काल हटाउन, गीतको प्रचार रोक्न र चलचित्रमा समेत प्रयोग नगर्न निर्माता पक्षसँग माग गरेको छ।

काठमाडौँ । प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘मास्टर्नी’ को प्रचार गीतप्रति महिला शिक्षक समाजले आपत्ति जनाएको छ । समाजका अध्यक्ष डा. जानुका नेपाल र सचिव गीता भट्टराईले शुक्रबार जारी गरेको विज्ञप्ति जारी गर्दै उक्त गीतमा महिला शिक्षक तथा समग्र शिक्षक समुदायप्रति अमर्यादित शब्द, ध्वन्यात्मक अभिव्यक्ति र गलत आशय प्रस्तुत गरिएको बताएका छन् । 

यसले शिक्षण पेसाको गरिमा, शिक्षकको सम्मान तथा महिला शिक्षकहरूको सामाजिक मर्यादामाथि आघात पुगेको समाजको ठहर छ । समाजले उक्त प्रचार सामग्री तत्काल हटाउन, सम्बन्धित गीतको प्रचारप्रसार बन्द गर्न तथा फिल्ममा समेत उक्त गीत प्रयोग नगर्न निर्माता पक्षसँग आग्रह गरेको छ ।

साथै, समाजले आफ्नो मागको बेवास्ता गर्दै गीतलाई निरन्तरता दिइए त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितिको जिम्मेवारी फिल्म निर्माता तथा सम्बन्धित कलाकारहरूले नै बहन गर्नुपर्ने चेतावनी दिएको छ।

750439298_2038505057055667_768945082420307463_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप