भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, माेदीले गरे उद्घाटन
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द रेलवे स्टेशनबाट भारतको पहिलो तथा विश्वकै सबैभन्दा लामो हाइड्रोजनबाट चल्ने रेलको उद्घाटन गरेका छन् ।
जिन्द–सोनीपत मार्गमा सञ्चालनमा आएको यो रेल १० डिब्बा भएको विश्वकै सबैभन्दा लामो हाइड्रोजन रेल भएको भारतीय सरकारको भनाइ छ । रेलले करिब ८९ किलोमिटर दूरी करिब दुई घण्टामा पार गर्नेछ र बीचमा १२ वटा स्टेशनमा रोकिनेछ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले अन्य देशमा तीन वा चार डिब्बाका मात्र हाइड्रोजन रेल सञ्चालनमा रहेको उल्लेख गर्दै भारतले १० डिब्बा र ३ हजार २०० हर्सपावर क्षमताको रेल निर्माण गरेर विश्वमा नयाँ पहिचान बनाएको बताए ।
हाइड्रोजन रेल धुवाँरहित मात्र नभई ‘मेक इन इन्डिया’ अभियानको सफल उदाहरण भएको दाबी पनि उनले गरे । उनका अनुसार रेल भारतीय इन्जिनियरहरूले डिजाइन गरेका हुन् भने यसको निर्माण भारतीय कम्पनीले गरेको हो ।
मोदीले पश्चिम एसियामा जारी द्वन्द्व र स्ट्रेट अफ हर्मुजमा देखिएको तनावको उल्लेख गर्दै भारतले पेट्रोलियम पदार्थ, एलपीजी र मलको ठुलो हिस्सा यही समुद्री मार्गबाट आयात गर्ने बताए । यदि सन् २०१४ अघिको जस्तो अवस्थामा भारतीय रेल अझै डिजेलमा निर्भर रहेको भए तेल आपूर्तिमा अवरोध हुँदा ठुलो सङ्कट आउने उनको भनाइ थियो ।
प्रधानमन्त्रीका अनुसार सन् १९२५ देखि २०१४ सम्म भारतको रेल सञ्जालको करिब ३० प्रतिशत मात्र विद्युतीकरण भएको थियो । तर पछिल्ला १२ वर्षमा ९९ प्रतिशत रेलमार्ग विद्युतीकरण गरिएको र हरियाणाको सम्पूर्ण रेल सञ्जाल विद्युतीकृत भइसकेको उनले बताए । त्यसैले युद्ध र तेल सङ्कटका बाबजुद भारतीय रेल सेवा प्रभावित नभएको उनको दाबी थियो ।
यस अवसरमा मोदीले करिब १४ हजार ७०० करोड भारतीय रुपैयाँ बराबरका विभिन्न विकास परियोजनाको उद्घाटन तथा शिलान्यास पनि गरे।
तीमध्ये दिल्ली–अमृतसर–कटरा एक्सप्रेसवेको हरियाणा खण्ड, जिन्द–गोहाना राष्ट्रिय राजमार्ग तथा अम्बाला–काला अम्ब चार लेन राजमार्ग प्रमुख छन्। उनले यी आयोजनाले हरियाणा र हिमाचल प्रदेशको यातायात सम्पर्कमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण