कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
महेन्द्रनगर । कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ मा ६९.३४ मुद्दा फछ्र्यौट गरेकोे छ । अदालतले आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन विवरण सार्वजनिक गर्दै मुद्दा फछ्र्यौटमा उल्लेखनीय सुधार गरेको तथ्याङ्कले देखाएको छ ।
शुक्रबार सञ्चारकर्मीसितको अन्तरक्रिया कार्यक्रममा जिल्ला अदालतका न्यायधीश राजेन्द्र भण्डारीले लक्ष्यको १०८ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको जानकारी दिए । उनले अघिल्लो वर्षको जिम्मेवारी सरेर आएका ६८८ मुद्दा र नयाँँ दर्ता भएका एक हजार ५२० मुद्दा गरी दुई हजार २०८ मुद्दा दर्ता रहेका थिए । यसमा एक हजार ४११ वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य रहेकोमा एक हजार ५२४ वटा मुद्दा फछ्र्यौट भएको जानकारी दिए। “६९.३४ प्रतिशत मुद्दा फछ्र्यौट भएको छ ।” उनले भने, “६८४ मुद्दा फछ्र्यौट हुन बाँकी छ ।”
त्यसैगरी अदालतको तथ्याङ्कअनुसार जरिवाना असुलीतर्फ कुल ३० करोड १४ लाख ९७ हजार ३३२ रुपैयाँमध्ये पाँच करोड १३ लाख ५१ हजार ९०७ रुपैयाँ असुल भएको छ । रु २५ करोड एक लाख ४५ हजार ४०५ रुपैयाँ अझैँ सङ्कलन गर्न बाँकी रहेको छ ।
“पछिल्लो समय मुद्दा दर्ताको सङ्ख्या बढी छ त्यसअनुसार स्रोत साधन नहुँदा समस्या भएको छ ।” न्यायधीश भण्डारीले भने, “हाल दुई वटा ईजलास रहेको एउटा इजलास थप गर्न सकिए मुद्दा समयमै फछ्र्यौट हुन्छन ।” उनले केही मुद्दाको प्रमाण समयमा नआउँदा फछ्र्यौटमा ढिलाइ हुने गरेको जानकारी दिए ।
अदालतले फैसला कार्यान्वयन फरार प्रतिवादी खोजी तथा जरिवाना र क्षतिपूर्ति असुली प्रक्रियालाई तीव्र बनाएपनि लक्ष्य अनुसारको काम हुन नसकेको जनाएको छ । मुद्दा फछ्र्यौटमा उल्लेखनीय सुधार भएपछि अदालत कर्मचारी एवं प्रहरी कर्मचारी सम्भावित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण