बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
सारांश
- सरकारले १ र २ रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का निष्कासन गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ।
- यस निर्णयसँगै सिक्कामा रहेको चुच्चे नक्सा हट्ने चर्चा चलेको छ र यसको आलोचना भइरहेको छ।
- स्रोतका अनुसार, नयाँ सिक्कामा चुच्चे नक्साको सट्टा मुस्ताङको लो घ्याकर गुम्बाको चित्र अंकित गरिनेछ।
काठमाडौँ । बिहीबार मन्त्रिपरिषद् बैठकले पाँचवटा निर्णय गर्यो । त्यसमध्ये एउटा थियो- नेपाल राष्ट्र बैंकलाई १ रुपैयाँ र २ रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का निष्कासन गर्न स्वीकृति प्रदान गर्ने।
यो निर्णयसँगै विभिन्न मिडिया एवं सामाजिक सञ्जालमा नेपालले आफ्नो सिक्कामा रहेको चुच्चे नक्सा हटाउन लागेको भन्ने चर्चा हुँदै आएको छ । यो चर्चाले सरकार र नेपाल राष्ट्र बैंकको आलोचना समेत भइरहेको छ ।
के हो वास्तविकता?
नेपाल राष्ट्र बैंकले स्वीकृत डिजाइन, साइज र तौल अनुसारको सिक्का वा नोट आवश्यकता अनुसार आफैँले छपाई वा टकमारी गर्न सक्छ ।
यस्तो नोट वा सिक्काको डिजाइन, साइज वा तौलमा कुनै परिवर्तन गरिएको छ भने चाहिँ यसलाई सरकारबाट स्वीकृत गराउनुपर्ने प्रावधान छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेल अहिले सरकारले नयाँ डिजाइनको सिक्का छपाइका लागि स्वीकृति प्रदान गर्नुको अर्थ यसको डिजाइन परिवर्तन भएको छ भन्ने प्रष्ट हुने बताउँछन् ।
तर, मन्त्रिपरिषद्को निर्णयको जानकारी आइनसकेकोले यसमा के छ भन्ने आधिकारिक जानकारी राष्ट्र बैंकसँग नरहेको उनको भनाइ छ ।
स्रोतका अनुसार राष्ट्र बैंकले अहिले सिक्काको अघिल्लो भागमा रहेको नेपालको चुच्चे नक्साको सट्टा मुस्ताङमा सातौँ शताब्दीमा बनेको लो घ्याकर (घार) गुम्बाको चित्र अंकित गर्न लागिएको छ ।
मुस्ताङको मराङ गाउँमा अवस्थित यो गुम्बा नेपालकै सबैभन्दा पुरानो गुम्बा मानिन्छ । गुरु पद्मसम्भवले निर्माण गरेको अनुमान गरिएको यो गुम्बाको ऐतिहासिक महत्त्व भएकोले यसलाई सिक्कामा राख्न खोजिएको हो । यो राख्दा हाल रहेको नेपालको नक्सा स्वतः विस्थापन हुनेछ ।
संविधानमा रहेको नेपालको निशान छापमा उल्लेखित नक्सा परिवर्तन गरी लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटिएको चुच्चे नक्सा उल्लेख भएसँगै २०७८ सालमा चुच्चे नक्सा भएको सिक्का सार्वजनिक गरिएको थियो । करिब पाँच वर्षपछि यो हट्ने भएको हो ।
गुम्बा ऐतिहासिक भए पनि यसको पुनर्निर्माणमा अमेरिकी सहयोग जोडिएपछि यसलाई फरक ढङ्गले हेरिएको छ । अमेरिकी दूतावासमार्फत सञ्चालित एम्बासडर्स फन्ड फर कल्चरल प्रिजर्भेसन कार्यक्रमअन्तर्गत गुम्बाको संरक्षण गरिएको थियो ।
प्रधानमन्त्री बालेन्द्र शाहले संसदमै सीमाका सम्बन्धमा विवादित अभिव्यक्ति दिएको र यसलाई सच्याउन समेत इन्कार गरिरहेको अवस्थामा चुच्चे नक्सालाई हटाएर अमेरिकी सहयोगमा सम्बर्द्धित गुम्बा अंकित गर्नुलाई भूराजनीतिसँग जोडेर विरोध भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण