आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

प्रयोगशाला परीक्षण गरिएका केरा रोप्दै

मङ्गलबार, ०३ साउन २०७४, १६ : ४९
मङ्गलबार, ०३ साउन २०७४

रत्ननगर - किसानले प्रयोगशाला परीक्षण ९टिस्युकल्चर० गरेका केराका बिरुवा रोप्न थालेका छन् । 

केराको फेदबाट निस्किएका गाना र पोथ्राको प्रयोग गरी बिरुवा निकाल्दै आएका किसान गानोको टिस्युकल्चर गरेर उत्पादन गरिएका बिरुवातर्फ आकर्षित हुन थालेका छन् । 

यस वर्ष किसानले पाँच हजार ५०० बिरुवा माग गरेकामा केहीले लगाउन थालेका चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले बताउनुभयो । ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत भारतको महाराष्ट्र राज्यबाट बिरुवा ल्याई लगाउन थालिएको छ । 

टिस्युकल्चर गरेका बिरुवा रोग प्रतिरोधात्कम र उत्पादन क्षमता बढी हुने गर्छ । “यस वर्ष ५० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिएको हो,” चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले भन्नुभयो । प्रति बिरुवा रु ५० पर्छ । 

केराका बोट पहँेलो हुँदै जाने, गुबो कुहिने र बोट सुक्दै जाने रोग देखा परेपछि कृषिविज्ञले टिस्युकल्चर गरेको बिरुवा रोप्न सुझाव दिएका छन् । जिल्लाका अधिकांश किसान मालभोग केरा लगाउँछन । विसं २०६८ देखि उद्योग वाणिज्य संघ चितवनले केराखेती विस्तार गर्न ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम सञ्चालन गरेको हो । 

जिल्लमा ६०० भन्दा बढी किसानले दुई हजार ६२० बिगाहामा केराखेती गर्दै आएका छन् । यहाँ वार्षिक रु एक अर्ब बढीको केराको कारोबार हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप