कम्युनिष्ट समाजवादी पार्टी नेपाल गठन, संयोजकमा हरिकृष्ण गजुरेल
सारांश
- हरिकृष्ण गजुरेलको नेतृत्वमा कम्युनिष्ट समाजवादी पार्टी नेपाल गठन भएको छ, जसले 'समाजवादी गणतन्त्र' र 'प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली' लाई राजनीतिक विकल्पको रूपमा अघि सारेको छ।
- पार्टीले देशव्यापी 'राष्ट्रिय मुक्ति एकता अभियान' सञ्चालन गर्ने र जनतासँग अन्तरक्रिया गर्ने जनाएको छ, जसले शिक्षा, स्वास्थ्य, रोजगारी र जीवनयापनको सुनिश्चितता गर्ने दाबी गरेको छ।
- पार्टीले हाल संयोजक प्रणाली अपनाएको छ र आगामी ६ महिनादेखि १ वर्षभित्र राष्ट्रिय सम्मेलन गर्ने लक्ष्य राखेको छ, जहाँ अध्यक्ष वा महासचिव चयन हुनेछ।
काठमाडौं । वामपन्थी नेता हरिकृष्ण गजुरेलको नेतृत्वमा कम्युनिष्ट समाजवादी पार्टी नेपाल गठन गरिएको छ। शनिबार गजुरेललाई संयोजक चयन गरेर ५१ सदस्यीय केन्द्रिय समिति निर्माण भएको जानकारी गराइएको हो ।
पार्टीका अनुसार, राष्ट्रको समसामयिक संकट समाधानका लागि ‘समाजवादी गणतन्त्र’ र ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली’ लाई आगामी राजनीतिक विकल्पको रूपमा अघि सारिएको छ। संयोजक गजुरेलका अनुसार यही दुई विषय पार्टीको प्रमुख एजेन्डा हुनेछन्।
'संसदीय व्यवस्थाले अब मुलुकको स्थायित्व, सुशासन र समृद्धिको ग्यारेन्टी गर्न सक्दैन। यो व्यवस्था दलाल, माफिया र भ्रष्ट संरचनालाई संरक्षण गर्ने साधन मात्र भएको पुष्टि भइसकेको छ,' गजुरेलले भने।
पार्टीले अब देशव्यापी ‘राष्ट्रिय मुक्ति एकता अभियान’ सञ्चालन गर्ने तयारी गरेको उनको भनाइ छ। अभियान अन्तर्गत देशका विभिन्न भागमा पुगेर जनता माझ अन्तरक्रिया, संवाद र सचेतना कार्यक्रम सञ्चालन गरिने गजुरेलले बताए ।
पार्टीले ‘स्वाधिन समाजवादी गणतन्त्र’ लाई आफ्नो मूल मन्त्र घोषणा गर्दै शिक्षा, स्वास्थ्य, रोजगार र जीवनयापनको सुनिश्चितता गर्न सक्ने एउटै व्यवस्था यही भएको दाबी गरेको छ।
हाल पार्टीले नेतृत्वका लागि संयोजक प्रणाली अवलम्बन गरेको छ। भोलिका दिनमा पार्टीको राष्ट्रिय सम्मेलनमार्फत अध्यक्ष वा महासचिवको चयन गरिने जनाइएको छ।
'अहिले हामी संयोजक प्रणालीमा छौं। देशभर संगठन विस्तार गरेर प्रतिनिधित्व सुनिश्चित गर्दै सम्मेलनको तयारीमा लाग्नेछौं,' संयोजक गजुरेलले जानकारी दिए।
पार्टीले आगामी छ महिनादेखि एक वर्षभित्र सम्मेलन सम्पन्न गर्ने लक्ष्य राखेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण