आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय
संसद्

सभामुख घिमिरे र तीन दलका प्रमुख सचेतकबिच छलफल सुरु

आइतबार, २५ जेठ २०८२, ११ : ५४
आइतबार, २५ जेठ २०८२

समाचार सारांश

  • सभामुख देवराज घिमिरे र तीन दलका प्रमुख सचेतकबीच संसदको गतिरोध खुलाउने विषयमा छलफल सुरु भएको छ।
  • विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गरेका छन्।
  • सत्तारुढ दल समिति बनाउन तयार नहुँदा प्रमुख प्रतिपक्षी दलसहित विपक्षीहरूले संसद अवरुद्ध गर्ने रणनीति बनाएका छन्।

काठमाडौँ ।  संसद्को गतिरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका प्रमुख सचेतकहरुबिच छलफल सुरु भएको छ । सभामुख घिमिरेलेले नयाँ बानेश्वरस्थित संसद भवनमा  कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख सचेतकसँग छलफल सुरु गरेका हुन् । 

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन् ।  सत्ता पक्ष समिति गठनको लागि तयार नभएकोले संसद् बैठक अवरोध गर्ने रणनीतिमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरू रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप