संसद्
सभामुख घिमिरे र तीन दलका प्रमुख सचेतकबिच छलफल सुरु
आइतबार, २५ जेठ २०८२, ११ : ५४
सारांश
- सभामुख देवराज घिमिरे र तीन दलका प्रमुख सचेतकबीच संसदको गतिरोध खुलाउने विषयमा छलफल सुरु भएको छ।
- विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गरेका छन्।
- सत्तारुढ दल समिति बनाउन तयार नहुँदा प्रमुख प्रतिपक्षी दलसहित विपक्षीहरूले संसद अवरुद्ध गर्ने रणनीति बनाएका छन्।
काठमाडौँ । संसद्को गतिरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका प्रमुख सचेतकहरुबिच छलफल सुरु भएको छ । सभामुख घिमिरेलेले नयाँ बानेश्वरस्थित संसद भवनमा कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख सचेतकसँग छलफल सुरु गरेका हुन् ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन् । सत्ता पक्ष समिति गठनको लागि तयार नभएकोले संसद् बैठक अवरोध गर्ने रणनीतिमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरू रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण