आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

जब सडकमा नै हेलिकप्टर अवतरण गर्नुपर्‍यो....

शनिबार, २४ जेठ २०८२, १४ : ३८
शनिबार, २४ जेठ २०८२

समाचार सारांश

  • केदारनाथ जाँदै गरेको हेलिकप्टर प्राविधिक गडबडीका कारण भारतको रुद्रप्रयाग जिल्लाको सडकमा आपतकालीन अवतरण गर्न बाध्य भयो।
  • हेलिकप्टरमा सवार ६ जना सुरक्षित छन्, तर दुर्घटनाबाट सडक नजिकैको पसल र एउटा कारमा क्षति पुगेको छ।
  • दुर्घटना हुँदा कुनै मानवीय क्षति भएको छैन। केदारनाथ यात्रा सुरु भएयता २६ हजारभन्दा बढी तीर्थयात्रीले दर्शन गरिसकेका छन्।

उत्तराखण्ड । भारतको चर्चित धार्मिकस्थल केदारनाथ जाँदै गरेको एउटा हेलिकप्टर ठुलो दुर्घटनाबाट जोगिएको छ । शनिबार हेलिकप्टरमा प्राविधिक गडबडीका कारण रुद्रप्रयाग जिल्लाको बडासु क्षेत्रमा सडकमा आपतकालीन अवतरण गर्नुपरेको हो। 

हेलिकप्टरमा ६ जना सवार थिए। सबै सुरक्षित छन्। हेलिकप्टर दुर्घटनाबाट सडक नजिकैको पसलमा क्षति पुगेको छ। यसबाहेक हेलिकप्टरको पुच्छरले पनि कारमा लागेको थियो । 

अहिलेसम्म कुनै हताहतको खबर छैन। केदारनाथ यात्रा सुरु भएको २१ दिनमा यस सेवा मार्फत २६ हजारभन्दा बढी तीर्थयात्रीहरूले मन्दिरको दर्शन गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप