नागढुंगा नौबिसे सडकखण्ड थप ५ दिन बन्द हुने, विकल्पमा यी रुट प्रयोग गर्न सुझाव

समाचार सारांश
- त्रिभुवन राजपथअन्तर्गत नागढुंगा-नौबिसे खण्ड जेठ २६ देखि ३० गतेसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने भएको छ।
- सडक निर्माण कार्यका लागि काठमाडौँबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेकपोष्टमा र नौबिसेबाट काठमाडौँतर्फ जाने सवारी खानीखोला बजारमा रोकिनेछन्।
- दमकल, एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन निर्बाध रूपमा चल्नेछन् भने साना सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ।
काठमाडौँ । त्रिभुवन राजपथअन्तर्गत नागढुंगा नौबिसे खण्ड थप ५ दिन बन्द हुने भएको छ । निर्माण कार्य गरिरहेको हुँदा थपा ५ दिन आवश्यक परेकाले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने आयोजनाले जनाएको छ ।
नागढुंगा मुग्लिङ सडक योजना पूर्वी खण्डले सूचना जारी गर्दै सो अवधिभर काठमाडौँबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेकपोष्टमा रोकिने र नौबिसेबाट काठमाडौँतर्फ जाने सवारी खानीखोला बजारमा रोकिने जनाइएको छ । रोकिएका सबै सवारी साधनहरुलाई ३ बजेपछिमात्रै छोडिने जनाएको छ । तर रोकिएको समयमा सवारीसाधन चलाउँदा आफ्नो लेनअनुसाशन पालना गर्न र लामबद्ध भएको अवस्थामा जथाभाबी ओभरटेक नगर्नसमेत अनुरोध गरेको छ ।
यसैगरी दमकल एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन निर्बाध रूपमा सञ्चालन हुने जनाएको छ । साथै साना तथा मझौला सवारी साधनको लागि सीता पाइला–रामकोट–धार्के सडक र सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर) –गल्छी सडक प्रयोग गर्न सुझाव दिइएको छ ।
यसअघि जेठ १० गतेदेखि २५ गतेसम्म सो अवधिमा सवारीसाधन रोकेर निर्माण कार्य भइरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिँदै
-
प्रतिनिधिसभा बैठक ३ : १५ बजे बस्ने गरी सूचना टाँसेर स्थगित
-
झापाबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह (तस्बिरसहित)
-
बेनी–जोमसोम–कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति
-
हिमालयन बैंकको ‘ठमेल शाखा’ सञ्चालनमा
-
नेताहरूको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक: देउवा