नागढुंगा नौबिसे सडकखण्ड थप ५ दिन बन्द हुने, विकल्पमा यी रुट प्रयोग गर्न सुझाव
सारांश
- त्रिभुवन राजपथअन्तर्गत नागढुंगा-नौबिसे खण्ड जेठ २६ देखि ३० गतेसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने भएको छ।
- सडक निर्माण कार्यका लागि काठमाडौँबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेकपोष्टमा र नौबिसेबाट काठमाडौँतर्फ जाने सवारी खानीखोला बजारमा रोकिनेछन्।
- दमकल, एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन निर्बाध रूपमा चल्नेछन् भने साना सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ।
काठमाडौँ । त्रिभुवन राजपथअन्तर्गत नागढुंगा नौबिसे खण्ड थप ५ दिन बन्द हुने भएको छ । निर्माण कार्य गरिरहेको हुँदा थपा ५ दिन आवश्यक परेकाले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने आयोजनाले जनाएको छ ।
नागढुंगा मुग्लिङ सडक योजना पूर्वी खण्डले सूचना जारी गर्दै सो अवधिभर काठमाडौँबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेकपोष्टमा रोकिने र नौबिसेबाट काठमाडौँतर्फ जाने सवारी खानीखोला बजारमा रोकिने जनाइएको छ । रोकिएका सबै सवारी साधनहरुलाई ३ बजेपछिमात्रै छोडिने जनाएको छ । तर रोकिएको समयमा सवारीसाधन चलाउँदा आफ्नो लेनअनुसाशन पालना गर्न र लामबद्ध भएको अवस्थामा जथाभाबी ओभरटेक नगर्नसमेत अनुरोध गरेको छ ।
यसैगरी दमकल एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन निर्बाध रूपमा सञ्चालन हुने जनाएको छ । साथै साना तथा मझौला सवारी साधनको लागि सीता पाइला–रामकोट–धार्के सडक र सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर) –गल्छी सडक प्रयोग गर्न सुझाव दिइएको छ ।
यसअघि जेठ १० गतेदेखि २५ गतेसम्म सो अवधिमा सवारीसाधन रोकेर निर्माण कार्य भइरहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण