आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

रुपन्देहीमा युवती जलेको अवस्थामा मृत फेला

श्रीमान प्रहरीको नियन्त्रणमा
आइतबार, २५ जेठ २०८२, ११ : २१
आइतबार, २५ जेठ २०८२

समाचार सारांश

  • रुपन्देहीको सम्मरीमाई गाउँपालिका-५ मा २२ वर्षीया सिर्जना पाल जलेको अवस्थामा मृत फेला परेकी छिन्।
  • सिर्जना आफ्नो घरदेखि १ किलोमिटरको दुरीमा खेतमा जलेको अवस्थामा फेला परेकी थिइन्।
  • प्रहरीले घटनाको अनुसन्धानको लागि सिर्जनाका श्रीमानलाई नियन्त्रणमा लिएको छ।

बुटवल । रुपन्देहीमा एक युवती जलेको अवस्थामा मृत फेला परेकी छन् । आइतबार बिहान जिल्लाको सम्मरीमाई गाउँपालिका–५ स्थित मर्चवार क्षेत्रमा  २२ वर्षीय सिर्जना पाल जलेको अवस्थामा  खेतमा भेटिएकी हुन् ।

आफ्नो घरदेखि करिब १ किलोमिटरको दुरीमा सिर्जना जलेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीले सिर्जनाका श्रीमानलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ तथा अनुसन्धान भइरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप