चेकिङको क्रममा महिलामाथि हातपात, दुई प्रहरीमाथि छानबिन सुरु

समाचार सारांश
- कैलालीमा चेकिङका क्रममा महिलामाथि हातपात गरेको आरोपमा दुई प्रहरीमाथि छानबिन सुरु भएको छ।
- टीकापुरमा एक महिलामाथि दुर्व्यवहार तथा हातपात भएको आरोपमा पीडितले उजुरी दिएकी छिन् र भिडियो सार्वजनिक भएको छ।
- जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाको छानबिन गर्न समिति गठन गरेको छ र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।
कैलाली । चेकिङको क्रममा महिलामाथि हातपात गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीले दुई जना प्रहरी कर्मचारीमाथि छानबिन सुरु गरेको छ।
जेठ २३ गते बेलुका करिब ५:१५ बजे टीकापुर नगरपालिका–७ स्थित हुलाकी राजमार्ग खैरीपुर चेकपोष्टमा खटिएका प्रहरी कर्मचारीले चेकिङको क्रममा स्थानीय बासिन्दा २९ वर्षीया राजकुमारी कुवर शाहमाथि दुर्व्यवहार तथा हातपात गरेको आरोप लागेको छ।
शाहले इलाका प्रहरी कार्यालय टीकापुरमा निवेदन दर्ता गराउँदै घटनाबारे छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेकी हुन्। साथै, घटनाको भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीको भूमिका विवादित बनेको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी नायब उपरीक्षक राजकुमार सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। कार्यालयले उक्त घटनामा संलग्न प्रहरी कर्मचारीहरूलाई जिल्ला प्रहरी कार्यालयमा झिकाई आवश्यक छानबिन प्रक्रिया अगाडि बढाएको जनाएको छ।
प्रहरी प्रशासनले सत्यतथ्य पत्ता लगाई दोषी प्रमाणित भए कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
-
महको गुणस्तर वृद्धिमा जोड