कान्ति लोकपथ सञ्चालनमा
सारांश
- हेटौँडा र ललितपुर जोड्ने कान्ति लोक पथ सडकखण्डमा बगुवा खोलामा बेलिब्रिज निर्माण भएपछि सञ्चालनमा आएको छ।
- बाढीले पुलको पहुँच मार्ग बगाएपछि डाइभर्सनबाट सवारी साधन आवतजावत भइरहेकोमा बेलिब्रिज जडानपछि नियमित सञ्चालन भएको हो।
- जेठ १९ गतेबाट बन्द गरिएको सडकखण्डमा बेलिब्रिज राख्ने काम ४ दिनमा सम्पन्न भएको कान्ति लोकपथ सडक आयोजनाले जनाएको छ।
हेटौँडा । हेटौँडा ललितपुर जोड्ने कान्ति लोकपथ सञ्चालनमा ल्याइएको छ । बागमती नदीको बगुवा खोलामा बेलिब्रिज निर्माणपछि कान्ति लोकपथ सडक खण्ड आइतबार बिहानबाट सञ्चालनमा ल्याइएको हो ।
मकवानपुर र ललितपुरलाई जोड्ने स्थानमा गएराति बेलिब्रिज जडान कार्य सम्पन्न गरिएको थियो । बेलिब्रिज निर्माणसँगै पुलबाट सवारी साधन चल्न थालेका छन् । गत वर्ष असोजमा आएको बाढीले बगुवास्थित बागमती पुलको मकवानपुर तर्फको पहुँच मार्ग बगाएको थियो ।
पुलको पहुँच मार्ग बगाएसँगै खोलाको बगरबाट डाइभर्सन निर्माण गरी सवारी साधन आवतजावत हुँदै आएको थियो । बर्षायाम सुरु भएसँगै बागमती खोलाको बाढीले डाइभर्सन बगाउने तथा सवारी साधनमा क्षति पुग्न थालेपछि पटक पटक सडक अवरुद्ध हुने गरेको थियो ।
गत जेठ १९ गतेबाट सो सडक बन्द गरेर बेलिब्रिज राख्ने कार्य थालिएको थियो । ४ दिन सडक बन्द गरेर बेलिब्रिज हालिएको कान्ति लोकपथ सडक आयोजना कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण