कान्ति लोकपथ सञ्चालनमा

समाचार सारांश
- हेटौँडा र ललितपुर जोड्ने कान्ति लोक पथ सडकखण्डमा बगुवा खोलामा बेलिब्रिज निर्माण भएपछि सञ्चालनमा आएको छ।
- बाढीले पुलको पहुँच मार्ग बगाएपछि डाइभर्सनबाट सवारी साधन आवतजावत भइरहेकोमा बेलिब्रिज जडानपछि नियमित सञ्चालन भएको हो।
- जेठ १९ गतेबाट बन्द गरिएको सडकखण्डमा बेलिब्रिज राख्ने काम ४ दिनमा सम्पन्न भएको कान्ति लोकपथ सडक आयोजनाले जनाएको छ।
हेटौँडा । हेटौँडा ललितपुर जोड्ने कान्ति लोकपथ सञ्चालनमा ल्याइएको छ । बागमती नदीको बगुवा खोलामा बेलिब्रिज निर्माणपछि कान्ति लोकपथ सडक खण्ड आइतबार बिहानबाट सञ्चालनमा ल्याइएको हो ।
मकवानपुर र ललितपुरलाई जोड्ने स्थानमा गएराति बेलिब्रिज जडान कार्य सम्पन्न गरिएको थियो । बेलिब्रिज निर्माणसँगै पुलबाट सवारी साधन चल्न थालेका छन् । गत वर्ष असोजमा आएको बाढीले बगुवास्थित बागमती पुलको मकवानपुर तर्फको पहुँच मार्ग बगाएको थियो ।
पुलको पहुँच मार्ग बगाएसँगै खोलाको बगरबाट डाइभर्सन निर्माण गरी सवारी साधन आवतजावत हुँदै आएको थियो । बर्षायाम सुरु भएसँगै बागमती खोलाको बाढीले डाइभर्सन बगाउने तथा सवारी साधनमा क्षति पुग्न थालेपछि पटक पटक सडक अवरुद्ध हुने गरेको थियो ।
गत जेठ १९ गतेबाट सो सडक बन्द गरेर बेलिब्रिज राख्ने कार्य थालिएको थियो । ४ दिन सडक बन्द गरेर बेलिब्रिज हालिएको कान्ति लोकपथ सडक आयोजना कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक संस्थाले ठुलो सङ्ख्यामा उत्पादन गरेका पत्रकार बजारले खपत गर्न सकेको छैन
-
प्रधानमन्त्रीको निर्देशनपछि उल्टियो घरजग्गा कारोबारमा बैँक स्टेटमेन्ट चाहिने व्यवस्था
-
खेलाडीले सबै नागरिकलाई एकै ठाउँमा जोड्न सक्छन् : मन्त्री पौडेल
-
भूमिसम्बन्धी विधेयक चाँडै पारित हुन्छ : प्रधानमन्त्री ओली
-
धितोपत्र बोर्डका अध्यक्षलाई अर्थमन्त्रीको सुझाव– गल्ती नगर्नु, बिचौलियाबाट बच्नु
-
धुलिखेल–खावा सडक समयमै निर्माण नहुँदा यात्रुहरूलाई सास्ती