आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

क्लब विश्वकप खेल्ने प्रस्ताव रोनाल्डोद्वारा अस्वीकार

शनिबार, २४ जेठ २०८२, २० : ३३
शनिबार, २४ जेठ २०८२

समाचार सारांश

  • क्रिस्टियानो रोनाल्डोले क्लब विश्वकपमा आफू नखेल्ने बताएका छन्, केही टिमको प्रस्ताव अस्वीकार गर्दै।
  • अल-नासरसँगको सम्झौता सकिनै लाग्दा रोनाल्डोले भविष्यबारे निर्णय लिइसकेको बताए, तर क्लब नवीकरणमा विश्वस्त छ।
  • रोनाल्डोले अल-नासरका लागि १११ खेलमा ९९ गोल गरेका छन् र पोर्चुगललाई नेसन्स लिगको फाइनलमा पुर्याएका थिए।

लिसबन । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले यस महिना आयोजना हुने क्लब विश्वकपमा आफू नखेल्ने बताएका छन्। उनले प्रतियोगितामा सहभागी भएका केही टिमहरूको प्रस्ताव अस्वीकार गरेका हुन्।

४० वर्षीय रोनाल्डोको साउदी अरेबियाको क्लब अल(नासरसँगको सम्झौता जुनको अन्त्यमा समाप्त हुँदैछ। मे महिनामा फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अल(नासर क्लब क्लब विश्वकपमा छनोट हुन नसकेको अवस्थामा रोनाल्डो अन्य सहभागी टिमहरूमध्ये कुनै एकमा खेल्न सक्ने सम्भावनाको संकेत दिएका थिए।

तर रोनाल्डोले भने, ‘म क्लब विश्वकपमा हुने छैन। केही टिमहरूले मलाई सम्पर्क गरेका थिए। केही प्रस्ताव त ठिकै थिए, तर केहीले त खासै अर्थ पनि राख्दैनथे। तपाईंले हरेक कुरा गर्न सक्नुहुन्न। हरेक बल समात्न सकिँदैन।’

मे महिनामा अल(नासरको अन्तिम लिग खेलपछि रोनाल्डोले सामाजिक सञ्जालमार्फत ‘यो अध्याय समाप्त भयो’ भन्दै पोस्ट गरेपछि उनी अर्को क्लबमा जाने चर्चा चलेको थियो।

तर बीबीसी स्पोर्टलाई स्रोतहरूले बताएका अनुसार अल-नासर क्लब रोनाल्डोसँगको सम्झौता नवीकरण हुनेमा विश्वस्त छ। आइतबार स्पेनविरुद्ध हुने पोर्चुगलको नेसन्स लिगको फाइनल खेलअगाडि बोल्दै रोनाल्डोले आफ्नो भविष्यबारे लगभग निर्णय भइसकेको बताएका छन्।

रोनाल्डो सन् २०२३ मा म्यानचेस्टर युनाइटेडसँगको सम्झौता अन्त्य भएपछि अल-नासरमा आवद्ध भएका थिए। उनले क्लबका लागि १११ खेलमा ९९ गोल गरेका छन्, जसमा गत सिजन मात्र ४१ खेलमा ३५ गोल गरेका थिए।

बुधबार जर्मनीविरुद्ध २(१ को जितमा निर्णायक गोल गर्दै रोनाल्डोले पोर्चुगललाई नेसन्स लिगको फाइनलमा पुर्‍याएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप