भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

समाचार सारांश
- भोजपुरको खोक्सिकमा 'जाल्पादेवी गुराँस पदमार्ग' निर्माण गरिएको छ, जसले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्ने लक्ष्य राखेको छ।
- पदमार्ग निर्माणले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने र स्थानीय क्षेत्रको विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
- पदमार्गको मुख्य आकर्षण गुराँस र हिमशृङ्खलाको दृश्यावलोकन हो, जसले यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन मद्दत गर्नेछ।
भोजपुर । यहाँको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका–८ खोक्सिकको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण गरिएको छ । यहाँ धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यले पदमार्ग निर्माण थालिएको हो ।
रामप्रसादराई–८ का वडाध्यक्ष बाचकुमार राईका अनुसार यस क्षेत्रको संरक्षण तथा विकास गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले रु सात लाख लागतमा करिब आठ सय मिटर पदमार्ग निर्माण गरिएको हो । यहाँ वडा र नेपाल जलवायु अनुकूलन कार्यक्रमको बजेटबाट पदमार्ग निर्माणको थालनी गरिएको छ । यो स्थानलाई यहाँको मुख्य पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम भइरहेको छ । यो क्षेत्र प्राकृतिक हिसाब निकै सुन्दर भएकाले यो क्षेत्रलाई मुख्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ ।
यो पदमार्गलाई विस्तार गरेर आमचोक गाउँपालिकामा रहेको ग्रेट मुन्दुम पदमार्गसम्म पुरयाउने लक्ष्य रहेको अध्यक्ष राईले बताए । पदमार्ग निर्माणको काम दुई खण्डमा भइरहेको छ । दोस्रो खण्डअन्तर्गत भञ्याङ शङ्खेश्वरीमा पनि पदमार्ग निर्माण गरिएको छ । शङ्खेश्वरीमा निर्माण भइरहेको पदमार्गलाई पनि भावी दिनमा यो पदमार्गसँग जोड्ने सोच रहेको उनको भनाइ छ ।
यहाँ पदमार्ग निर्माणले आन्तरिक तथा बाह्य पर्यटकको आवगमन बढ्ने स्थानीयवासी दिककुमार जोगीले बताए । यो क्षेत्रमा गुराँस राम्रो फुल्ने भएकाले आन्तरिक पर्यटक आउने उनको भनाइ छ । यो पदमार्गको आसपासमा धेरै नै गुराँस पाइने उनले बताए ।
“यो धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण हुनसकेको थिएन, अहिले पदमार्ग निर्माणको थालनीपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यसले यहाँको विकासमा टेवा पुग्ने आशा लिएका छौँ”, उनले भने।
वडाले यहाँको पर्यटकीय क्षेत्रको विकासका लागि थालेको काम राम्रो रहेको स्थानीयवासी महेन्द्र राईले बताउनुभयो । यस क्षेत्रमा रहेको गुराँस संरक्षणको काम गरिरहेको उहाँको भनाइ छ । “यो पदमार्गको मुख्य आकर्षण गुराँस हो, हामीले यहाँको गुराँस संरक्षण गरिरहेका छौँ । यहाँबाट विभिन्न हिमशृङ्खलाको एकसाथ अवलोकन गर्न सकिन्छ”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा नौबिसे सडकखण्ड थप ५ दिन बन्द हुने, विकल्पमा यी रुट प्रयोग गर्न सुझाव
-
संसद्को अवरोध खोल्न सभामुख र तीन दलका प्रमुख सचेतकबिच जुटेन सहमति
-
तस्बिरमा हेर्नुहोस् नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड सङ्घर्ष समितिको प्रदर्शन
-
सभामुख घिमिरे र तीन दलका प्रमुख सचेतकबिच छलफल सुरु
-
मस्तिष्क ट्युमरबाट बच्ने ६ उपाय
-
सुनकोसीमा डुबेर एकजनाको मृत्यु