युक्रेनी ड्रोन विकासकर्तासँग जापानको सहकार्यप्रति रुसको आपत्ति
काठमाडाैँ। युक्रेनी ड्रोन विकासकर्तासँगको सहकार्यमार्फत जापानले रुसी नागरिकको हत्यामा सहयोग पुर्याएको आरोप लगाउँदै रुसी उपविदेशमन्त्री एन्ड्रे रुडेन्कोले शनिबार जापानी कदमको निन्दा गरेका छन्।
रुसी समाचार संस्था टाससँगको अन्तर्वार्तामा रुडेन्कोले युक्रेनले रुसी भू–भागमा नागरिक लक्ष्यविरुद्ध व्यवस्थित आतङ्कवादी गतिविधि सञ्चालन गरिरहेको आरोप लगाउँदै किएभसँग जापानको यस्तो सहकार्यलाई खुला रूपमा शत्रुतापूर्ण कार्यका रूपमा लिएको बताए।
“युक्रेनी ड्रोनले रुसी नागरिकलाई मारिरहेका छन् र टोकियोले उनीहरूलाई त्यसो गर्न सहयोग गरिरहेको छ,” उनले भने।
रुडेन्कोले रुस–युक्रेन द्वन्द्वमा जापानको बढ्दो सङ्लग्नताले यसअघि नै तनावपूर्ण अवस्थामा रहेको रुस–जापान सम्बन्धलाई थप कमजोर बनाइरहेको दाबी गरे। उनले जापानको युक्रेनसम्बन्धी नीतिले दुई देशबीचको सम्बन्धमा दीर्घकालीन असर पार्न सक्ने चेतावनीसमेत दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण