जनैपूर्णिमा : ‘महादेव पोखरी’ मेलामा हिन्दु र बुद्ध धर्मावलम्बीहरुको जमघट
नगरकोट –पर्यटकीय क्षेत्र नगरकोटमा अवस्थित महादेव पोखरीमा हरेक वर्ष श्रावणशुक्ल पूर्णिमाको अवसरमा मेला लाग्ने गरेको छ ।
भक्तपुर र काभ्रे जिल्लाको संगमस्थलमा रहेको उक्त स्थानमा आइतबार भक्तजनहरुको घुइचोँ लागेको छ ।
नेपालमा रहेका हिन्दु र बुद्ध धर्मावालम्बीहरुको साझा तीर्थस्थल मध्ये यो पनि एक हो । आइतबार बिहानैदेखि महादेवपोखरीमा हिन्दु र बुद्ध धर्म मान्ने भक्तजनहरुको बाक्लो उपस्थिति रहेको छ ।
जहाँ रहेको पोखरीमा स्नान गर्ने र महादेवको मन्दिरमा दर्शन गर्ने परम्परा रहको छ ।
बुद्ध धर्मावलम्बीका विषेश गरि तामाङ समुदायहरु घरदेखि नै झाँक्रि( भोम्बो) बनेर मोलम (मन्त्र) पाठ गर्दै आउने गर्दछन् ।
उनीहरुको स्वागतमा ठाउँ–ठाउँमा सगुन राखिने र सगुन राखेको घर वा बाटो अगाडि केहीबेर मालोम पाठ गर्ने गर्दछन् ।
हिन्दू समुदायले भने मकै, फूल, फलफूलवादी महादेव पोखरीमा चढाउने गरेका छन् ।
उक्तस्थानमा मेला भर्नका लागि काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक र काभ्रेबाट भक्तजनहरु आउने गरेका स्थानीय पर्यटन व्यवसायी दामोदर दगांलले बताए ।
मेलामा आउने भक्तजनलाई सहज दर्शनको व्यवस्था गर्न स्थानीय क्लब तथा पर्यटन व्यवसायीहरु लागेका छन् ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण