कर्णालीमा गरीबको तथ्याङ्क सङ्कलन गरिने
सुर्खेत । कर्णाली प्रदेशमा गरीबको तथ्याङ्क सङ्कलन गरिने भएको छ । कर्णाली प्रदेश गरिबी निवारण समन्वय समितिको आज बसेको बैठकले प्रदेशमा रहेका गरीबको तथ्याङ्क सङ्कलन गर्ने निर्णय गरेको हो ।
कर्णाली प्रदेश सरकारले विनियोजन गरेको बजेटलाई गरीब मैत्री बनाउन प्रदेशस्थित गरिबीको तथ्याङ्क सङ्कलन गर्न लागिएको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जानकारी दिइन् ।
‘प्रदेशभरिका ७९ वटा स्थानीय तहसँग समन्वय गरेर गरिबीको तथ्याङ्क सङ्कलन गरिनेछ,’ उनले भनिन्, ‘वास्तविक गरिबीको पहिचान हुने गरी काम गरिनेछ ।’
कर्णाली प्रदेश गरिबी निवारण समन्वय समितिको अध्यक्षसमेत रहेका मन्त्री केसीले प्रदेशस्थित सबै मन्त्रालयले विषयगत प्रोफाइल बनाएर तथ्याङ्क सङ्कलन गर्दा अझ सहज हुने विश्वास व्यक्त गरिन् ।
गरिबीको तथ्याङ्क सङ्कलन गर्नका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव राजु बस्नेतको संयोजकत्वमा नौ सदस्यीय समितिसमेत गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण