मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

राहुल भ्रमणप्रति किन उदासिनता ?

शुक्रबार, २२ भदौ २०७५, १३ : २८
शुक्रबार, २२ भदौ २०७५

भारतीय काँग्रेस आईका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता राहुल गान्धी निकै ‘लो प्रोफाइल’मा शुक्रबार नेपाल आए । एक रात बसे र शनिबार बिहान तिब्बत प्रस्थान गरे । राहुल तिब्बतको कैलाश मानसरोवर यात्रामा निस्केपछि उनको नेपाल भ्रमण नेपालमा भन्दा ज्यादा भारतमा चर्चा भयो । जब उनले गत शुक्रबार काठमाडौँ, लैनचौरस्थित नेवारी रेस्टुराँ ‘भुटु’मा एक नेपाली केटीसाथीका साथ ‘ननभेज’ डिनर गरे, यो समाचार भारतीय मिडियामा आएपछि मात्र उनको नेपाल भ्रमण चर्चामा आयो । 

राहुल भ्रमणबारे नेपाली मिडयाले उतिसाह्रो महत्व दिएनन् । राहुल सामान्य यात्रीझैँ एयरपोर्टबाट बाहिरिएका थिए । मारुती गाडी चढेर होटल जाने कि ट्याक्सीमा भन्ने द्विविधा सिर्जना हुन पुग्यो । उनी नितान्त निजी भ्रमणमै आएका भए पनि नेपाल सरकारले नेपाल आएदेखि नफर्किंदासम्म सम्पूर्ण व्यवस्थापन गर्न सक्नुपर्दथ्यो, तर खै किन उदासिन रह्यो । समकालीन नेपालको राजनीतिमा गान्धीकै अनुयायीहरूको हाबी छ । तर उनको स्वागत जति हुनुपर्ने हो त्यति भएन । किनभने आजको भारतको राजनीतिमा राहुल चानचुने व्यक्ति होइनन् । नेपाल सरकारले सुरक्षाका लागि दुई, चार जना प्रहरी खटाएर उनीप्रतिको जिम्मेवारी पूरा हुँदैन थियो । तर सरकारले त्योबाहेक किन केही गरेन भन्ने प्रश्न उठेको छ । 

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले पनि सरकारलाई यसतर्फ ध्यानार्कण गराउन सक्थ्यो । साथै नेपाली काँग्रेसका धेरै नेताहरूले भारतीय स्वतन्त्रता सङ्ग्राममा राहुलकै पुर्खासँगै जेल परेका इतिहास थियो । यसले पनि उनलाई नेपाली काँग्रेसले आतिथ्यता प्रदान गर्ने अवसर थियो, त्यस कार्यमा काँग्रेस पनि चुक्यो । 

नेपाल कम्युनिस्ट पार्टीको सरकार र नेपाली काँग्रेस दुवैलाई मोदी मोहनी छोए जस्तो देखियो । उनीहरुलाई मोदी रिसाउलान् कि भन्ने डर पनि रहेको हुनसक्छ । किनभने राहुल आउँदा मोदी काठमाडौँमै थिए । 
सरकारले राहुलको नेपाल भ्रमणमा राम्रो समन्वय गर्न सकेन या राहुलले नै रुचाएनन् । एक जना नेपाली ‘डिप्लोम्याट’की छोरीले राहुलको सत्कार राम्रैसँग गरिन् । नेवारी संस्कारमा हुर्केकी राहुलकी नेपाली साथीले उनलाई एउटा भव्य रेस्टुरा ‘भुट’ मा नेवारी रात्रि भोज गराइन् । अब सरकार या प्रमुख प्रतिपक्ष दलले नै नगरेपछि कोही न कोहीले त्यो जिम्मेवारी निर्वाह गर्नु नै पर्ने थियो । त्यसपछि काठमाडौंको रात्रि जीवन देखाउन उनले राहुललाई लैनचौरबाट करिब ११ बजे ललितपुुर पुल्चोकस्थित लविङ मल लिएर गइन् ।

राहुल भ्रमणका यी ससानो सूचना किन प्रवाह गर्न खोजेको हो भने छिमेकी देशको एउटा नेता आउँदा हामीले के गर्‍यौँ ? आफ्नो कर्तव्य पूरा गर्‍यौँ कि गरेनौँ ? के शेरबहादुर देउवा या पुष्पकमल दाहाल भारत गए भने भारतले उनीहरूको निजी भ्रमण भनेर यतिकै छाडिदेला या सत्कार गर्ला रु राहुलको भ्रमणपछि यस्तै कयौँ प्रश्न उठेका छन् ।

शुक्रबार एयरपोर्टबाट सीधा लाजिम्पाट होटल ¥याडिसनमा आएका राहुल केहीबेरको आराम र नितान्त व्यक्तिगत भेटघाट सकेर नेपाल प्रहरीको सुरक्षासाथ बौद्ध पुगेका थिए । त्यहाँ झण्डै दुई घण्टा विताएका थिए । उनले बौद्ध स्तूपा परिक्रमा समेत गरेका थिए । राहुलको साथमा दुई जना भारतीय थिए, तीमध्ये एक उनका ‘पर्सनल सेक्युरिटी’ थिए । 

भारतीय राजनीतिमा भावी प्रधानमन्त्रीका रूपमा हेरिएका राहुल त्यहाँबाट फर्कने क्रममा पनि कुन गाडी चढ्ने भनेर अन्योलमा थिए । टयाक्सी चढ्ने कि प्रहरीको सहायतामा अर्को ठाउँ पुग्ने भन्ने अवस्था सिर्जना भयो । तर राहुलकी नेपाली साथीलाई त्यहीँ बोलाइएको रहेछ । ती राहुलकी साथीसँग भव्य बेन्चकार थियो । अन्तिममा राहुल त्यही बेन्चकार चढे । नेपाल प्रहरीबाट खटाइएको सुरक्षाकर्मीलाई मोटरसाइकल मगाइयो । पछिपछि लगाएर राहुल अर्को गन्तव्यसम्म पुगेका थिए । 

त्यहाँबाट राहुल डिनर गर्ने स्थानमा पुगे । उनलाई नेवारी डिनर तयार गरिएको थियो । स्थान थियो भुटु, लैनचौर । झण्डै साढे दुई घण्टा लामो डिनर गरे । नेवारी खाना मीठो मानी मानी खाए । राहुल नेपाली केटीसाथीकै मोटर चढेर ललितपुर पुल्चोकस्थित लविङ मल पुगेका थिए । जहाँ एउटा भव्य रेस्टुराँ छ, लेभल थ्री, जुन मध्यरातसम्म खुल्छ । त्यहाँ पुग्दा रातको ११ बजिसकेको थियो । राहुलले डिनरपछिको स्न्याक्स र ड्रिङ्स त्यहाँ लिएका थिए । जहाँ नेपाली केटी साथीसहित केही नेपाली थिए । त्यहाँबाट फर्कंदा रातको १ बजेभन्दा ज्यादा भइसकेको थियो । नेपाली साथीको बेन्चकार चढेर राति होटल ¥याडिसन फर्केका थिए । 

राहुल भ्रमणका यी ससानो सूचना किन प्रवाह गर्न खोजेको हो भने छिमेकी देशको एउटा नेता आउँदा हामीले के ग¥यौँ ? आफ्नो कर्तव्य पूरा ग¥यौँ कि गरेनौँ ? के शेरबहादुर देउवा या पुष्पकमल दाहाल भारत गए भने भारतले उनीहरूको निजी भ्रमण भनेर यतिकै छाडिदेला या सत्कार गर्ला ? राहुलको भ्रमणपछि यस्तै कयौँ प्रश्न उठेका छन् । खासगरी आतिथ्यताको प्रश्न उठेको छ भने अर्को सुरक्षाको । स्वयम् राहुलको नै चाहना पनि भनिएला । काठमाडौंस्थित भारतीय राजदूताबासले कुनै समन्वय गरेन भनेर उम्किने ठाउँ रहने छैन । किनभने, राहुल नेपालका पाहुना थिए । के तिब्बतमा चीन सरकारले नेपालकै जस्तो गरेको होला । अवश्य छैन र भव्य स्वागत गरेको छ र उच्च सुरक्षा प्रदान गरेको छ । किनभने उनी उच्च भारतीय नेता हुन् ।

काठमाडौँ शान्त छ तर सुरक्षित छैन । ‘राम भरोसा’मा चलेको छ । यस्तो बेला महत्वपूर्ण छिमेकी देशको प्रमुख प्रतिपक्ष दलको नेता आउँदा सत्कार गर्न त चुक्यौँ, चुक्यौँ, सुरक्षा प्रवन्ध पनि राम्ररी गर्न चुक्यौँ । राहुल एक जना उच्च सुरक्षा ‘थ्रेट’ भएका भारतीय नेता हुन् । अनि उनका परिवारका अग्रजहरूको अस्वभाविक घटनाहरूमा परेको इतिहास छ । कथमकदाचित सुरक्षा कमजोरीका कारण नराम्रो अवस्था सिर्जना भएको भए या घटना घटेको भए के नेपाल सरकारले यो राहुल गान्धीको निजी भ्रमण भनेर उम्किन पाउने ठाउँ रहन्थ्यो ? उनको भ्रमण निजी हो तर उनको सुरक्षा निजी मुद्दा थिएन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शरद अधिकारी
शरद अधिकारी
लेखकबाट थप