‘ओपो एफनाइन स्टारी पर्पल’ अक्टोबर पहिलो साता सार्वजनिक हुने
काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले एफनाइन स्टारी पर्पल नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । पछिल्लो महिना ओपो एफनाइनलाई सनराइज रेड र ट्वाइलाइट ब्ल्यूमा सार्वजनिक गरेको ओपोले अक्टोबर महिनाको पहिलो साताभित्रै आकर्षक स्टारी पर्पल रंगमा फोन सार्वजनिक गर्ने घोषणा गरेको हो ।
सार्वजनिकको तयारीमा रहेको फोनको बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘उपभोक्ताका आवश्यकता र चाहना हाम्रा लागि ओपोमा सदैव प्राथमिकताको विषय हो । ओपो एफनाइन सार्वजनिक समारोहमा एफनाइन स्टारी पर्पलको घोषणा गरेदेखि नै फोन चर्चाको विषयका रुपमा रहँदै आएको थियो ।
सो समयदेखि नै उपभोक्ताहरु निकै उत्साहपूर्वक फोनको प्रतिक्षामा रहेका छन् । ओपो एफनाइन स्टारी पर्पल अक्टोबरको पहिलो साता सार्वजनिक हुने घोषणा गर्न पाउँदा हामी निकै खुशी तथा उत्साहित छौँ ।’
५ मिनेटको चार्जमै २ घण्टाको टक टाइम उपलब्ध गराउने भोक फ्ल्याशचार्ज सुविधा सहितको ओपो एफनाइन स्टारी पर्पलमा उद्योगकै पहिलो ग्राडियण्ट कलर डिजाइनको प्रयोग गरिएको छ । एफनाइन स्टारी पर्पलको डिजाइन प्रयोगकर्तालाई पृथक अनुभव प्रदान गर्नुका साथै ओपोको प्राविधिक समृद्धि र नव प्रर्बतन सम्बन्धित विशेषज्ञता दर्साउने सोचका साथ गरिएको छ ।
भोक फ्ल्याश चार्ज प्रविधि ओपोद्वारा स्वतन्त्र रुपमा विकसित प्रविधि हो । लो भोल्टेज चार्जिङ प्रविधिको उपयोग गर्दै यसले साधारण ५भी÷१ए चार्जरका तुलनामा ४ गूणासम्म तिब्र गतिको चार्जिङ सुविधा उपलब्ध गराउँछ ।
उद्योगकै पहिलो ६.३ ईञ्च वाटरड्रप स्क्रिन डिजाइन, ९०.८%को उच्च स्क्रिन टू बडी रेसियो, पृथक ग्राडियण्ट कलर डिजाइन र ३५०० एमएएच ब्याट्री जडान गरिएको ओपो एफनाइन स्टारी पर्पलले उत्कृष्ट सेल्फीफोनका साथै प्रयोगकर्तालाई उत्कृष्ट अनुभवप्रदान गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोहोरो आईजीनको व्यवस्थाबाट पछि हट्दै धितोपत्र बोर्ड
-
पूर्वी सुर्खेतमा जिप दुर्घटना : ५ जना गम्भीरसहित १२ घाइते
-
भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोगले मानव बेचबिखनको रूप फेरियो
-
न्यायको माग गर्दै काठमाडौँमा सहकारी पीडितको प्रदर्शन
-
निर्वाचन आयोग सरकारको छायाबाट मुक्त हुन सकेको छैन: सांसद विष्ट
-
सुधन गुरुङलाई उपसभापति बनाउन रवि लामिछाने सकारात्मक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण