नक्कली शैक्षिक प्रमाणपत्र बनाउने पक्राउ
जाजरकोट । रामानन्द माध्यमिक विद्यालय जेवा दसेराका छात्र सुनिल परियार शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेका छन् ।
बिहीबार बेलुका जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले छात्र परियार र नक्कली प्रमाणपत्र बनाउने भेरी कम्प्युटर सञ्चालक तेजराज पुनलाई पनि पक्राउ गरेको निमित्त प्रहरी प्रमुख इन्द्रजीत सुनारले जानकारी दिए ।
छात्र परियारको प्रमाणपत्रमा जन्म मिति फरक परेकामा नसच्याइएपछि भेरी कम्प्युटरका सञ्चालन पुनलाई नयाँ बनाइदिन उनले आग्रह गरेका थिए ।
सञ्चालक पुनले नयाँ बनाइएको प्रमाणपत्रको रकम लिई आफ्नो कम्प्युटरमा नयाँ प्रमाणपत्र बनाइ प्रधानाध्यापकको सहीसमेत आफै गरेको पाइएको उनले बताए ।
अभियुक्त दुबैलाई कानून बमोजिम कारबाहीका लागि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । यहाँ यस्ता किर्ते प्रमाणपत्र बनाउनेको बिगबिगी बढेकाले प्रहरीले निगरानी गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण