युएईमा नेपाली महिलाले चलाइन् अन्धाधुन्द चक्कु, एकको मृत्यु
युएर्इ–मदिरा सेवन गरी युएईमा एक नेपाली महिलाले धन्धाधुन्द चक्कु लगाउँदा एकको मृत्यु हुनुका साथै अरु तीन जना घाइते भएका छन् ।
युएर्इको शारहजा स्थित तान्जिफ्को किल्निङ् कम्पनीमा कार्यरत नुवाकोटकी सोनी भनिने सबिना तामाङ्ले गत शुक्रबार राती मदिरा सेवन गरि धारिलो हतियार चक्कु प्रहार गर्दा काठमाडौंकी सिर्जना बरालको उपचारको क्रममा मृत्यु भएको हो।
झगडा छट्याउन गएकी सर्लाहीकी ममता चौधरी गम्भीर घाइते भएकी छिन् । उनको शारहजा स्थित अल कासिमिया अस्पतालको आसियुमा उपचार भैरहेको छ।
अन्य दुर्इ जना सलिना मगर र आशा दर्जी सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।
दशै मनाउने क्रममा टीकाको दिन सोनी तमाङ्सँगै काम गर्ने लक्ष्मी रार्इ र सिर्जना बरालले अपशब्द बोलेको भन्दै सामान्य बिषयमा बिबाद भएको र सोही बिबादले गत शुक्रबार ठूलो रूप लिएको उनीहरू सँगै काम गर्नै साथीहरू बताउँछन्।
मदिरा सेवन गरी सबिनाले दुबै हातमा चक्कु लिर्इ एकतर्फी प्रहार गरेको प्रत्यक्षदर्शी शान्ता रार्इले बतार्इन्। तर उक्त दिन लक्ष्मी रार्इ भने दुर्घटना हुनबाट जोगिइन्।
चक्कु प्रहार गर्ने सोनी भनिने सबिना तामाङ्लार्इ स्थानीय प्रहरीले हतियार सहित नियन्त्रणमा लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण