युएईमा नेपाली महिलाले चलाइन् अन्धाधुन्द चक्कु, एकको मृत्यु
युएर्इ–मदिरा सेवन गरी युएईमा एक नेपाली महिलाले धन्धाधुन्द चक्कु लगाउँदा एकको मृत्यु हुनुका साथै अरु तीन जना घाइते भएका छन् ।
युएर्इको शारहजा स्थित तान्जिफ्को किल्निङ् कम्पनीमा कार्यरत नुवाकोटकी सोनी भनिने सबिना तामाङ्ले गत शुक्रबार राती मदिरा सेवन गरि धारिलो हतियार चक्कु प्रहार गर्दा काठमाडौंकी सिर्जना बरालको उपचारको क्रममा मृत्यु भएको हो।
झगडा छट्याउन गएकी सर्लाहीकी ममता चौधरी गम्भीर घाइते भएकी छिन् । उनको शारहजा स्थित अल कासिमिया अस्पतालको आसियुमा उपचार भैरहेको छ।
अन्य दुर्इ जना सलिना मगर र आशा दर्जी सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।
दशै मनाउने क्रममा टीकाको दिन सोनी तमाङ्सँगै काम गर्ने लक्ष्मी रार्इ र सिर्जना बरालले अपशब्द बोलेको भन्दै सामान्य बिषयमा बिबाद भएको र सोही बिबादले गत शुक्रबार ठूलो रूप लिएको उनीहरू सँगै काम गर्नै साथीहरू बताउँछन्।
मदिरा सेवन गरी सबिनाले दुबै हातमा चक्कु लिर्इ एकतर्फी प्रहार गरेको प्रत्यक्षदर्शी शान्ता रार्इले बतार्इन्। तर उक्त दिन लक्ष्मी रार्इ भने दुर्घटना हुनबाट जोगिइन्।
चक्कु प्रहार गर्ने सोनी भनिने सबिना तामाङ्लार्इ स्थानीय प्रहरीले हतियार सहित नियन्त्रणमा लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर मेयर महिला टी–२० क्रिकेट : एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबिच उपाधि भिडन्त
-
कोशी प्रदेश : कुन मन्त्रालयमा को मन्त्री ?
-
गण्डकीमा मदिरा विधेयक : रक्सी बनाउन र खान १८ वर्ष पुग्नुपर्ने
-
मोरङबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
विद्यालय शिक्षा सुधारको माग गर्दै प्रदर्शन, तस्बिरहरु
-
त्रिशूली थ्री बी हब २२० केभी सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन