टाटा नेक्सनको सफलता पछि सिप्रदीले ल्यायो नेक्सन क्राज
काठमाडौं । टाटा मोटर्सको नेपाल स्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नयाँ गाडी नेक्सन क्राजको बजारमा विक्रि वितरण आरम्भ गरेको छ ।
मल्टिड्राइभ मोडको विशेषतायुक्त यस नयाँ गाडी शहरको व्यस्त सडक देखि लिएर राजमार्गमा समेत अत्यन्त सरल र रोमाञ्चक ढङ्गले चलाउन सकिने बताइएको छ । यसैगरी २०९ मिलिमिटरको उत्कृष्ट ग्राउण्ड क्लियरेन्सले नेक्सन क्राजलाई अरुभन्दा बढि सुरक्षित र आरामदायी बनाएको कम्पनीको दावी छ ।
चार स्पिकरको इन्फोटेन्मेन्ट, अटोमेटिक, क्लाइमेट कन्ट्रोल, रिभर्स पार्ककिङ्ग, सेन्सर जस्ता अन्य उच्च स्तरको प्राविधिक विशेषता यस एसयूभी मोडेलमा पाइन्छ । कालो र हरियो रङ्गको बेजोड समिश्रण भएको नेक्सन क्राज १२०० पे्रटोल र १५००सीसी इन्जिन डिजेल क्षमतामा उपलब्ध छ ।

मङ्सिर १ गते बाट नेक्सन क्राज, क्राज र क्राज प्लस गरी दुई भ्यारिएन्ट मा डिजेलका लागि ४३,८५,००० र पेट्रोलका लागि ३९,९५,०००को सुरुवाती मुल्यमा उपलब्ध छन ।
टाटा मोर्टसका प्यासेन्जर भ्यइकल यूनिट सम्बन्धि अन्तर्राष्ट्रिय व्यापारका प्रमुख सुजन रोयले भने, “नेक्सनले नेपाली बजारमा सर्वाधिक विक्रीहुने कम्प्याक्ट एसयूभीको रुपमा आफ्नो वेग्लै पहिचान बनाउन सफल भइसकेको छ ।
यसै परिपे्रक्ष्यमा हामीले नेक्सनको अर्को आकर्षक संस्करण नेक्सन क्राजलाई मुख्यतः सक्रिय र साहासिक जीवनशैली रुचाउने नेपाली ग्राहकको आवश्यकता र मागलाई सम्बोधन गर्न ल्याएका हौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोहोरो आईजीनको व्यवस्थाबाट पछि हट्दै धितोपत्र बोर्ड
-
पूर्वी सुर्खेतमा जिप दुर्घटना : ५ जना गम्भीरसहित १२ घाइते
-
भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोगले मानव बेचबिखनको रूप फेरियो
-
न्यायको माग गर्दै काठमाडौँमा सहकारी पीडितको प्रदर्शन
-
निर्वाचन आयोग सरकारको छायाबाट मुक्त हुन सकेको छैन: सांसद विष्ट
-
सुधन गुरुङलाई उपसभापति बनाउन रवि लामिछाने सकारात्मक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण