मेनुका पौडेल सारेगमपको शीर्ष १३ मा, प्रिटी जिन्टाले गरिन् तारिफ
नेपाली चेली मेनुका पौडेल भारतीय रियालिटी शो सारेगमपको शीर्ष १३ मा पुगेकी छिन् ।
मेनुकाले जि टिभीबाट प्रशारण भइरहेको आइतबारको शोमा फिल्म खुबसुरतको ‘पिया बाबरी’ बोलको गीत गाउँदा जजहरु उठेर उनको हौसला बढाएका थिए ।
उनको प्रस्तुतीलाई जुरीका सदस्यले ९९.३ प्रतिशत अंक दिए । जज साजिद खानले उनको प्रशंसा गर्दै भने, ‘तपाईंले निकै सुन्दर तरिकाले यो गीत गाउनुभयो । तबलाको बोल, सरगम निकै राम्रो थियो, डायनामिक्स कमालको थियो । समग्रमा तपाईंको प्रस्तुती निकै शानदार थियो । ’
यस्तै अर्का जज शेखर दादलानीले उनलाई ‘बेटा’ भनेर सम्बोधन गर्दै भने, ‘तिमीले जसरी गाइरहेकी छौ, त्यसरी नै निडर भएर गाउ ।’
यस्तै, बलिउडकी डिम्पल गर्ल भनेर चिनिने प्रिटी जिन्टाले पनि उनको खुलेरै प्रशंसा गरिन् । उनले भनिन्, ‘तपाईं भित्र जुन सुर छ, जुन भावना छ, त्यो निकै शुद्ध छ । त्यसकारण बधाई, प्रस्तुती निकै राम्रो थियो ।’
यस्तै, कार्यक्रमका प्रस्तोता आदित्य नारायणले उनीसँग नेपाली भाषामा कुरा गर्दैै भने, मेनुकाजी, एकदमै राम्रो लाग्यो ।’ उनले मेनुकालाई नेपाली भाषामै प्रश्न पनि सोधे, ‘तपाईंलाई सारेगमपमा आएर कस्तो लागेको छ ?’
जवाफमा मेनुका भन्छिन्, ‘मलाई एकदम खुसी लागेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेता केसीले ल्याए गीत ‘दोलखा सिङ्गटी’
-
रास्वपा महाधिवेशन : सभापति लामिछानेले गरे मतदान
-
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
-
लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित
-
अभिनेत्री सामन्था गर्भवती, अभिनयबाट छोटो ब्रेक लिँदै
-
कक्षा १२ को नतिजा त्रुटिपूर्ण भएको भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण