कर्णाली प्रदेश योजना आयोगको निर्णय : चालू आवभित्रै पञ्चवर्षीय योजना निर्माण गरिसक्ने
सुर्खेत– कर्णाली प्रदेश योजना आयोगको प्रथम वैठक सम्पन्न भएको छ । आईतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्पन्न बैठकले कर्णाली प्रदेशको दिर्घकालीन विकास मार्गदर्शनको रुपमा प्रथम पञ्चवर्षीय योजनाको आधारपत्र चालू आर्थिक वर्षभित्रै तयार गर्ने निर्णय गरेको हो ।
त्यसैगरि बैठकले आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति तथा कार्यक्रम एवं बजेट तथा योजना तयार गर्न सघाउ पुग्ने गरि वार्षिक योजना तयार गर्ने निर्णय पनि गरेको सदस्य सचिव तथा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।
निरौलाका अनुसार चालू आवको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमन मूल्याँकन निर्देशिका तयार गरी प्रभावकारी अनुगमनको व्यवस्था मिलाउने पनि आजको बैठकले निर्णय गरेको छ । बैठकले परियोजना बैक तयार गर्ने, कर्णाली प्रदेशको दिर्घकालीन गुरुयोजना तयार गर्ने, कर्णाली प्रदेशको वास्तविक अवस्था पहिचान सहितको तथ्याँक, सुचाँक र प्रारुप तयार गर्ने, लगायतका निर्णय गरेको उनले जानकारी दिए ।
आयोगको कामलाई प्रभावकारी वनाउन आवश्यक कार्ययोजना र कार्यतालिका तयार गरी आगामी बैठकमा पेश गर्ने निर्णय पनि आजको वैठकले गरेको छ । बैठकमा योजना आयोगका पदाधिकारी तथा प्रदेश सरकारका मन्त्रीहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण