थिमीचोकमा दुर्घटनाः ट्राफिक लाइटमा कारको ठक्करले अन्य ५ सवारीमा क्षति, तीन जना घाइते
भक्तपुर । भक्तपुरको मध्यपुर नयाँ थिमिचोकमा भएको सडक दुर्घटनामा ६ ओटा सवारीमा क्षति पुग्नुको साथै तीन जना घाइते भएका छन् ।
मध्यपुर थिमी नगरपालिका वडा नम्बर ७ नयाँ थिमी चोकको ट्राफिक लाइटमा रोकिरहेका सवारीमा बा. ७ च २३६० नम्बरको कारले दिएको ठक्करले अन्यमा सवारीमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।
उक्त सवारीले बा. १७ च ७५९९ मारुती सुजुकी, बा. ६० च ९३२४ स्कुटर, बा.३९ प १८७४ मोटरसाइकल, बा. ७३ प ३३९२ स्कुटर र बा. १५ च २३८२ स्करपियोमा क्षति पुगेको महानगरिय प्रहरी वृत थिमीका प्रहरी नायब उपरिक्षक मिलन केसीले जानकारी दिएका छन् ।

उक्त सडक दुर्घटनामा स्कुटर चालक विश्वराम बासुकला, मोटरसाइकल चालक रामभक्त लाखेमरु र मारुती सुजिकीमा सवार अनिल दुवाडी घाइते भएका छन् ।
ठक्कर दिने सवारीका चालक काटेश्वर बस्ने ४५ वर्षका सुजित सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाइतेहरुको मध्यपुर अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको वृत्तका प्रमुख प्रनाउ केसीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण