कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयका रुपमा स्थापित गरिन्छ : उपराष्ट्रपति पुन
सुर्खेत– उपराष्ट्रपति नन्दबहादुर पुनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको दीर्घकालीन विकासमा जोड दिने बताएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको नर्सिङ् डिन अफ स्कूलअन्तर्गत स्नातक तह ‘मिडवाइफेरी’ कार्यक्रमको उद्घाटन गर्न जुम्ला पुगेक उपराष्ट्रपति पुनले हिमाली क्षेत्रमा नेपालकै मोडेल स्वास्थ्य विश्वविद्यालयका रुपमा प्रतिष्ठानलाई स्थापित गरिने बताए ।
‘हिमाली क्षेत्रमा अपेक्षा गरेभन्दा ठूलो संरचना बनेको छ,’ उनले भने, ‘प्रतिष्ठानमा एमबिबिएस र एमडिजी कार्यक्रम सञ्चालनका निम्ति सरकारका तर्फबाट आवश्यक सहयोग हुनेछ ।’ उनले भने, ‘कर्णाली प्रदेशको केन्द्र भागमा रहेको प्रतिष्ठान जुम्लाको भौगोलिक अवस्था, भौतिक उपकरण, बिरामीको सङ्ख्या र जनशक्ति प्रयाप्त देखियो । यसले दुर्गमको मानक तोडेको छ ।’
सो अवसरमा उपराष्ट्रपति पुनले प्रतिष्ठानमा उपलब्ध अत्याधुनिक ल्याब, फार्मेसी, आइसियुलगायत विभिन्न विभागको अवलोकन गरेका थिए ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले यो प्रदेशको स्वास्थ्य क्षेत्रको विराट संरचनाको दीर्घकालीन विकास सङ्घीय सरकारको प्राथमिकतामा रहनुपर्नेमा जोड दिए । प्रतिष्ठानका संस्थापकसमेत रहेका कानूनमन्त्री भण्डारीले प्रतिष्ठानबाट उत्पादित जनशक्ति र प्रवाहित सेवाले दुर्गम र विकट मानसिकतालाई दुनियाँमा असम्भव कुनै कुरा छैन भन्ने प्रमाणित गरेको दावी गरे ।
पूर्वराज्यमन्त्री बलबहादुर महतले सङ्घर्षको परिणामबाट आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास र उन्नतिमा सबै लाग्नुपर्नेमा जोड दिए । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रको समृद्धि ल्याउन प्रतिष्ठान कोशेढुङ्गा सावित हुने दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण