शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रेस काउन्सिल नेपालको टोलीद्धारा कर्णालीका मुख्यमन्त्रीसँग भेटवार्ता

शुक्रबार, १४ मङ्सिर २०७५, १८ : २५
शुक्रबार, १४ मङ्सिर २०७५

सुर्खेत– प्रेस काउन्सिल नेपालको टोली र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही बीच भेटवार्ता सम्पन्न भएको छ । भेटवार्ताका क्रममा काउन्सिलका वोर्ड सदस्य खिलवहादुर भण्डारी नेतृत्वको टोलीले कर्णाली प्रदेशका आमसंचार माध्यमहरुको अवस्था,पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्था र प्रेस काउन्सीलको प्रादेशिक कार्यालय स्थापना लगायतका विषयमा छलफल गरेको छ । 

भेटवार्ताका क्रममा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका मिडिया तथा संचारकर्मीहरुको क्षमता अभिवृद्धिका लागि प्रदेश सरकार गम्भीर रहेको वताए । स्वतन्त्र मिडियाको विकासले मात्रै लोकतान्त्रिक पद्धति संस्थागत हुने वताउदै प्रेस स्वतन्त्रताको प्रत्याभुति र मिडियाको सर्वाङ्गीन विकासको लागि आवश्यक नीति तथा कार्यक्रम वनाएर अगाडि वढने बताए । 

मुख्यमन्त्री शाहीले पत्रकारको क्षमता विकास र पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्थालाई सुदृढ गर्न प्रदेश सरकारले आवश्यक वजेट विनियोजन गरेको पनि जानकारी दिए ।  मुख्यमन्त्री शाहीको कार्यकक्षमा भएको भेटवार्तामा प्रदेश सरकारका मन्त्रीहरु, प्रेस काउन्सीलका वोर्ड सदस्य ईश्वरी ओझा, प्रशासकीय अधिकृत रामशरण वोहोरा लगायतको सहभागिता रहेको थियो ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप