सल्यानमा एड्सबाट ८ जनाको मृत्यु
सल्यान– एचआइभी एड्सका कारण यहाँ आठ जनाको मृत्यु भएको छ । वि.सं २०६८ देखि हालसम्म सङ्क्रमित आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा २० देखि ६० वर्ष उमेरका छन् ।
अहिले जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ३० रहेको सो क्षेत्रमा काम गर्दै आएको संस्था शारदा प्लसले जनाएको छ । जसमध्ये १२ जना बालबालिका रहेका छन् । सङ्क्रमित बालबालिकामध्ये पाँच जना काठमाडौँका बेवी केयर होममा रहेका प्लसका टोलीनेता थमन विष्टले जानकारी दिए ।
जसमध्ये ७ जना बालबालिका जिल्लाबाहिर रहेका र बाँकी १८ जनाले भने जिल्ला अस्पतालबाट एआरटी सेवा लिइरहेका उनले जानकारी दिए । जिल्ला अस्पतालबाट एआरटी सेवा लिइरहेका १८ मा १० महिला र आठ पुरुष छन् ।
सङ्क्रमित पनि अरू व्यक्तिसरह नै विभिन्न व्यवसाय गर्दै आएका छन् । ‘एचआइभी सङ्क्रमितमध्ये दुई जनाले अटो व्यवसाय गरिरहेका छन्, अरू पनि आ–आफनै व्यवसाय सञ्चालन गरिरहेका छन्’, विष्टले भने, ‘पहिले सङ्क्रमितहरु बाहिर खुलेर आउन चाहँदैनथे, तर अहिले सजिलो भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण