शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रिवाइन्ड २०१८ः वर्षका सबैभन्दा आकर्षक, अविष्मरणीय तस्बिर

सोमबार, १६ पुस २०७५, ०९ : ३०
सोमबार, १६ पुस २०७५

केली ग्रोवियर/ बीबीसी

सन् २०१८ को आज अन्तिम दिन । नयाँ वर्षको पूर्व सन्ध्यामा वर्षभरीका घटित घटनालाई याद गर्दै बीबीसीले केही तस्बिरहरु संकलन गरेको छ । आउनुहोस्, यो वर्षका ती तस्बिर हेरौं जुन अबको थुप्रै वर्षसम्म याद गरिनेछन् ।

१. सुतेर विरोधः

जनवरी महिनामा ल्याटिन अमेरिकी देश होन्डुरसमा चुनाव भएको थियो । राष्ट्रपति हुआयन ओरल्यान्डो हर्नान्देज पुनः विजयी भएपछि उनीविरुद्ध प्रदर्शन हुनथाल्यो । यतिबेला होन्डुरसको शहर टेगुचिगल्पामा लाइनमा उभिएका पुलिसको अगाडी एक युवती आरामसँग सुतेर विरोध गरिन् । उनी यति बिन्दास देखिएकी थिइन् कि यो संसाभरी चर्चा रह्यो ।

२. एक्स–रे स्टाइलः

फेब्रअरी महिनामा दक्षिणी चीनको शहर डोंगुआनमा अचम्मको घटना भयो । त्यहाँको एक रेलवे स्टेशनमा एक महिलाको पर्स एक्सरे मेसिनभित्र खस्यो । त्यसलाई निकाल्न उनी कन्भेयर बेल्टमा सवार भएर एक्सरे मेसिन भित्र छिरिन् ।

हाड–मासुको ती महिलाको एक्स–रे तस्बिर संसारभरी भाइरल भयो । चीनकी महिलाको यो तस्बिरको तुलना हज्जारौं वर्ष अघि अष्ट्रेलियाका मूल निवासीले बनाएका कलाकृतिसँग गरिन्छ ।

३. अन्तरिक्षमा कारः

फेब्रुअरी महिनामा नै एलन मस्कले आफ्नो सन् २००८ को टेस्ला रोडस्टर कारलाई सूर्यको कक्षमा पठाएका थिए । यसमा ड्राइभरको रुपमा एउटा पुतलीलाई राखिएको थियो । अन्तरिक्षमा तैरिरहेको यो कारको तस्बिरले संसारभरी चर्चा बटुलेको थियो । यस्तो लागिरहेको थियो कि कार धर्तीबाट टाढा भागिरहेको छ ।

४. एनबीए खेलमा दुर्घटनाः

अप्रिल महिनामा ह्युस्टन रकेट्स नामको अमेरिकी बास्केटबल टिमका खेलाडी जेम्स हार्डेनले एक खेलको क्रममा आफ्नो सन्तुलन गुमाए । उनी मिनेसोटाको टारगेट सेन्टर स्टेडियममा पहिलो लाइनमा बसेका दर्शकसँग ठोक्किए । तस्बिरमा खेलाडी जेम्स हार्डेन र दर्शकको अनुहारको भाव निकै फरक थियो ।

५. ज्वालामुखीको लाभाको नदीः

मे ५ तारिखमा अमेरिकाको हवाई द्वीपमा ठूलो भूकम्प आयो । यो हवाईमा आएको ४० वर्षको सबैभन्दा भयंकर भूकम्प थियो । फलस्वरुप हवाईस्थित ज्वालामुखी किलाउइया एक्टिभ भयो । यसभित्रको बलिरहेको लाभा ज्वालामुखीको मुखबाट निस्किएर वरिपरिको इलाकामा फैलियो ।

६. प्लास्टिकमा कैद चराः

मे महिनामा नेशनल जियोग्राफिक च्यानलका एक फोटोग्राफले एक सारसको तस्बिर खिचे जसले संसारको ध्यान खिचेको थियो । यो सारस पूर्ण रुपमा पोलिथिनले बोरिएको थियो ।

प्लास्टिकमा कैद यो चराको तस्बिरले संसारलाई प्लास्टिकको खतराबारे अवगत गराएको थियो । स्पेनमा यो तस्बिर खिच्ने फोटोग्राफरले सारसलाई प्लास्टिकमुक्त त गराएका थिए तर यो तस्बिरले हामी भने कहिले यसबाट कसरी मुक्त हुने भनेर प्रश्न सोधिरहेको छ ।

७. जी–सेभेन सम्मेलनः

जुन महिनामा भएको जी–सेभेन देशको सम्मेलनको एउटा तस्बिर संसारभरी चर्चित भएको थियो । यो तस्बिरमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प कुर्सीमा बसिरहेका छन् जबकी बाँकी देशका राष्ट्राध्यक्ष अगाडिको मेचमा हात राखेर उनीतर्फ हेरिरहेका छन् ।

यी नेताको अगुवाई जर्मनीको चान्सलर एन्जेला मर्केलले गरिरहेकी थिइन् ।

८. गज्जबको खेलः

रुसमा भएको फुटबल वर्ल्ड कपको एक खेलमा बेल्जियमका स्ट्राइकर विन्सेन्ट कोम्पनीको किकलाई रोक्नका लागि जापानका गोलकिपर इजी कावाशिमाले हावामा जुन छलाङ मारेका थियो त्यो निकै शानदार थियो । यो पललाई डेविड जोसेक नामका फोटोग्राफरले क्यामरामा कैद गरेका हुन् ।

 ९. आधा झुकेको अमेरिकी झण्डाः

जब अमेरिकी सिनेटर जोन म्याक्केनको अगस्ट महिनामा क्यान्सरका कारण मृत्यु भयो तब ह्वाइट हाउस उनको मृत्युमा शोक मनाउनका लागि दुविधामा देखियो । म्याक्कन, डोनल्ड ट्रम्पकै पार्टीबाट राष्ट्रपति पदका उम्मेद्वार थिए ।

ट्रम्प प्रशासनले सुरुमा त जोन म्याक्कनको सम्मानमा झण्डालाई झुकायो, त्यसपछि त्यसलाई पुनः उठाएपछि विरोध हुँदा एकपटक पुनः झण्डा झुकाइएको थियो । यसका लागि ट्रम्प सरकारले निकै आलोचना व्यवहोर्नु परेको थियो ।

१०. प्यालेस्टिनी प्रदर्शनकारीः

धुँवाको मूस्लोले कालो भएको आकाश र अगाडिबाट आइरहेको अश्रु ग्यासको गोलाबीच एक प्यालेस्टिनी युवक नाङ्गो छातीसहित इजराइलका सैनिकको विरोध गरिरहेका थिए । उनको एउटा हातमा प्यालेस्टिनीको झण्डा थियो ।

यो तस्बिरले डेलाक्रोको लिबर्टी लिडिङ ‘द पिपल’ नामको पेन्टिङको याद दिलाएको थियो । तर यो तस्बिरको सबैभन्दा रोचक कुरा, ती युवकले अर्को हातमा लिएका गुलेली । यो तस्बिरलाई सोसल मिडियामा प्यालेस्टिनीको साहसको प्रतिकको रुपमा पेश गरियो ।

११. रोबोट मर्मतः

इंगल्याण्डमा एउटा रोबोटको टाउको खोलेर त्यसको पार्टपुर्जा मिलाइरहेका एक इन्जिनियरको तस्बिरले पनि निकै चर्चित भयो । टाढाबाट यो तस्बिर हेर्दा कुनै विज्ञले मानिसको खप्पर खालेर त्यसको सर्किटलाई ठिक गरिरहेका जस्तो देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप