शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पुँजी बजार ५ दशमलव १० अंकले उक्लियो

बिहीबार, ०१ असार २०७४, १५ : ४९
बिहीबार, ०१ असार २०७४

काठमाडौं–सेयर कारोवारका हिसावले साताको अन्तिम दिन बिहीबार पुँजी वजार ५ दशमलव १० अंकले बढेको छ । अघिल्लो दिन ० दशमलव ६६ अंकको झिनो गिरावट आएको वजारमा आज भने सुधार देखिएको हो । 


यो वृद्धि पछि बजार एक हजार ५ सय ८९ दशमलव ५९ अंकमा पुगेको छ । एक सय ५१ कम्पनीको ११ लाख १८ हजार ७ सय ५९ कित्ता सेयर किनवेच भएको आज ६७ करोड ३८ लाख ६८ हजार ३२ रुपैयाँको कारोवार भएको छ । 


आज अन्य समूह वाहेक सवैको सूचक रातो भएका छन् । अन्य समूहको सूचक भने २ दशमलव ८९ अंकले घटेको छ । आज बैकिङ समूहको सूचक ५ दशमलव ५७ अंकले वढेको छ । यस्तै, होटल समूहको सूचक १९ दशमलव ८८, विकास बैंक समूहको सूचक ११ दशमलव ४५ अंकले वढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 


आज जलविद्युत समूहको सूचक १ दशमलव ४४, फाइनान्स समूहको सूचक ३ दशमलव ४१, वीमा समूहको सूचक ११ दशमलव ३४ र उत्पादनमुलक समूहको सूचक ८ दशमलव १८ अंकले वढेको छ । 


साताको चौथो दिन हिजो एक सय ४८ कम्पनीको ९ लाख ४८ हजार ८ सय ४ कित्ता सेयर खरिद विक्रि भएको थियो भने ५८ करोड ८१ लाख ९ हजार ६ सय ६ रुपैयाँको कारोवार भएको थियो । 


सो दिन बैकिङ समूह, जलविद्युत र बीमा समूह वाहेक अन्य समूहको सूचक रातो भएको थियो । बैकिङ समूहको सूचक १ दशमलव १७ अंकले वढेको थियो भने जलविद्युत समूहको सूचक ८ दशमलव ०३ र बीमा समूहको सूचक १९ दशमलव १७ अंकले वढेको थियो । 


होटल समूहको सूचक २९ दशमलव ०७, बिकास बैंक समूहको सूचक ३ दशमलव ०६, फाइनान्स समूहको सूचक २ दशमलव ४४, उत्पादनमुलक समूहको सूचक ३४ दशमलव ३४ र अन्य समूहको सूचक ५ दशमलव ७९ अंकले झरेको थियो । मंगलबार बजार ४ दशमलव ६३ अंकले बढेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप