१ करोड ४ लाख अवैध हुन्डी रकमसहित ५ जना पक्राउ
आइतबार, २९ पुस २०७५, १९ : १८
काठमाडौं– प्रहरीले १ करोड ४ लाख अबैध हुन्डी रकमसहित ५ जनालाई पक्राउ गरेको छ । आइतबार काठमाडौंको न्युरोड र विराटनगरबाट अवैध हुन्डी रकमसहित उनीहरु पक्राउ परेका हुन् ।
काठमाडौंको न्युरोडबाट ३५ लाख अवैध हुन्डी रकमसहित सुनिल श्रेष्ठ र भरत बस्नेत पक्राउ परेका छन् ।श्रेष्ठ र बस्नेतसँगै एउटा अल्टो गाडीसमेत नियन्त्रणमा लिइएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धिरजप्रतापसिंहले बताए ।
त्यस्तै विराटनगरबाट ६९ लाख रुपैयाँसहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले सुमित सारु, राजेश होडा र दिपक कर्णलाई पक्राउ गरेको हो । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण