जिम्मेवारी पूरा गर्न मुख्यमन्त्री शाहीको निर्देशन
सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विभागीय मन्त्रालयका सचिवहरुलाई बजेट, योजना तथा कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियासहित आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानून, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र पूर्वाधार विकास मन्त्रालयका सचिव सम्मिलित आजको बैठकमा मुख्यमन्त्री शाहीले सबै सचिवलाई आ–आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिए ।
‘कछुवा गतिमा बढेका योजनाले प्रदेश सरकारको मर्मअनुरुप काम हुन सक्दैनन्,’ मुख्यमन्त्री शाहीले भने, ‘यसमा तपाइँहरु सम्बेदनशील भएर काममा खट्नुहोस् ।’ अहिले बजेट कार्यान्वयननै सबैभन्दा ठूलो चुनौती भएको बताउँदै उनले परिणाम निकाल्ने गरी काममा तीव्रता दिन आग्रह गरे ।
कर्मचारीले प्रदेश सरकारको संस्थागत गर्न सहयोग गरेको प्रशंसा गर्दै मुख्यमन्त्री शाहीले भने, ‘विभागीय मन्त्रीलाई पनि मङ्गलबार योजना कार्यान्वयनका विषयमा गम्भीर भएर लाग्न आग्रह गर्दछु ।’ उनले सबै मन्त्रीलाई प्रतिफल देखिने गरी बजेट कार्यान्वयनमा जोड दिन र कर्मचारीको सक्रिय परिचालनमा ध्यान दिन आग्रह गरेको जनाए ।
उनले कार्यान्वयन गर्न नसकिने, संशोधन गर्नुपर्ने र नीतिगत समस्या समाधान गर्नुपर्ने योजनाको कारणसहित तीन दिनभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विवरण पेश गर्न पनि सबै सचिवलाई निर्देशन दिए ।
बैठकमा विभागीय छ मन्त्रालयका सचिवले आ–आफ्ना मन्त्रालयअन्तर्गत भएका कामको प्रगति, योजना कार्यान्वयन अवस्था, देखिएका समस्या, चुनौती र समाधानका बारेमा मुख्यमन्त्री शाहीलाई जानकारी गराउनु भएको थियो । सचिवहरुले जनशक्ति अभाव, कानूनी तथा संरचनागत समस्या, भौगोलिक विकटता योजना कार्यान्वयनको मुख्य चुनौतीका रुपमा देखापरेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण