बलियो कम्युनिष्ट पार्टीले मात्र कर्णाली समृद्ध बनाउन सक्छ : नेता शर्मा
सुर्खेत– नेपाल कम्युनिष्ट पाटी (नेकपा) का प्रदेश इञ्चार्ज जनार्दन शर्माले बलियो कम्युनिष्ट पार्टी (नेकपा) ले मात्र कर्णाली समृद्ध बनाउन सक्ने बताएका छन् ।
आज यहाँ आयोजित ‘जनप्रतिनिधि तथा अगुवा कार्यकर्ता भेला’ कार्यक्रममा बोल्दै प्रदेश इञ्चार्ज शर्माले विगतको गुटगत मानसिकतालाई भत्काएर अघि बढ्न पार्टी नेतृत्व तथा कार्यकर्तालाई निर्देशन दिए ।
‘बलियो कम्युनिष्ट पार्टीले मात्र कर्णाली समृद्ध बनाउन सक्छ’, इञ्चार्ज शर्माले भने, ‘समाजवादमा लैजान नयाँ कम्युनिष्ट पार्टी निर्माण भएको हो ।’ उनले जनतालाई व्यवस्थित, भरपर्दो र प्रभावकारी सेवा दिएर नेकपालाई जनताको आस्थाको केन्द्रका रुपमा विकास गर्दै लैजाने धारणा व्यक्त गरे ।
प्रदेश सहइञ्जार्च यामलाल कँडेलले विधि र विधानमा चल्ने पार्टीको गरिमा र विरासतलाई कायम गर्न विशाल पार्टी निर्माण भएको जनाए । कम्युनिष्ट अनुशासन र इमान्दार हुनुपर्नेमा उनको जोड थियो ।
प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले विधि र पद्धतिबाट चल्दै आएको पार्टीले अब सहज र व्यवस्थित ढङ्गबाट कामकारवाही अघि बढाएर जनतलाई सेवा प्रवाह गर्नुपर्ने बताए ।
सो कार्यक्रममा सचिव मायाप्रसाद शर्मा (पारसमणि), कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, केन्द्रीय तथा प्रदेश सदस्य, नेकपाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण