विकासका लागि आफैं डोजर चलाउन तयार छु : मुख्यमन्त्री शाही
सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको विकासका लागि डोजर चलाउन पनि पछि नहट्ने बताएका छन् । राष्ट्रिय योजना आयोगले आज वीरेन्द्रनगरमा आयोजना गरेको पन्ध्रौँ योजना आधारपत्रको प्रारम्भिक मस्यौदा कर्णाली प्रदेश परामर्श बैठकलाई सम्बोधन गर्दै उनले श्रमप्रति सबैले सम्मान गर्नुपर्ने बताए ।
‘मुख्यमन्त्रीले पनि डोजर चलाउनुपर्छ’, उनले भने, ‘त्यो क्षमता नभए बेल्चा, कुटो कोदालो समाउन पनि पछि हट्नु हुँदैन ।’ मुख्यमन्त्री शाहीले कर्णालीका सबै जनप्रतिनिधिलाई हप्ताको एक दिन श्रममा लाग्न आग्रह गरे ।
उनले स्थानीय तहले साना, प्रदेशले मझौला र सङ्घीय सरकारले ठूला योजना निर्माण गर्ने बताए । स्थानीय उत्पादनलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिँदै किसानले उत्पादन गरेका उत्पादनलाई प्रदेश सरकारले बजारीकरणमा सहजीकरण गर्ने जानकारी गराए । मुख्यमन्त्री शाहीले राष्ट्रिय योजना आयोगसँग कर्णालीका लागि अर्बौं बजेट ऊनी र सुतीका लागि विनियोजन गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण