रुकुमकोटमा स्वःस्फूर्त यातायात र बजार बन्द
रुकुम– रुकुमकोटमा आजबाट यातायातका साधन र बजार ठप्प पारिएको छ । स्वःस्फूर्त रुकुमकोटका यातायात व्यवसायी र व्यापार व्यवसायीले सदरमुकामका लागि भइरहेको आन्दोलनलाई सहयोग गर्न बजार र यातायातका साधन ठप्प पारेको यातायात व्यवसायी समितिका अध्यक्ष मुलमान बुढाले बताए ।
रुकुमकोटमा बिहानैदेखि यातायातका साधन चल्न दिइएको छैन । जसले गर्दा रुकुमकोट भित्रिने र बाहिरिने यात्रु अलपत्र परेका छन् । यसैगरी बजार पनि ठप्प पारिएको छ । सदरमुकामको विषयलाई लिएर रुकुमकोट र रुकुमकोट आसपासका नागरिक विगत एक वर्षदेखि आन्दोलित छन् ।
रुकुमकोटमा रहेको जिल्ला सदरमुकाम तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले वि.सं २०७४ माघ ११ गते पुथा उत्तरगङ्गा गाउँपालिकाको १२ गोलखाडामा राख्ने निर्णय गरेको थियो । सरकारको त्यस निर्णयविरुद्ध रुकुमकोट र रुकुमकोट आसपासका नागरिकले चर्को नाराबाजी, बन्द हड्ताल गरेका थिए । देउवा नेतृत्व सरकारको त्यस निर्णयविरुद्ध २०७४ माघ १७ मा सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो ।
उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्काल सदरमुकाम नसार्न अन्तरिम आदेश दिएपछि केही शान्त भए पनि यही १४ गतेबाट पुनः आन्दोलनका कार्यक्रम शुरु गरिएको छ । रिट दर्ता भएको एक वर्षसम्ममा पनि सर्वोच्च, सरकार र रिट निवेदकलाई पटक–पटक पेशी र साधारण तारिखका लागि बोलाए पनि अहिलेसम्म कुनै फैसला भएको छैन । सदरमुकाम विवादको विषयमा छलफल गर्न दुवै पक्षलाई सर्वोच्च अदालतले आगामी २७ गते बोलाएको छ ।
सोमबारबाट रुकुमकोट बजार क्षेत्रका चोक तथा सिमानामा राके जुलुस, सरकारी कार्यालयमा धर्ना, कोणसभालगायतका कार्यक्रम गर्दै आएका रुकुमकोटवासीले आजबाट यातायातका साधन र बजार ठप्प पारेका हुन् । भौगोलिक दूरीलाई मात्र नहेरी पूर्वाधार र जनसङ्ख्यालाई समेत ध्यानमा राखी सदरमुकाम तोक्न स्थानीयवासीले आग्रह गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण