पूर्वी रुकुममा कर्फ्यु : जनजीवन अस्तव्यस्त
सोमबार, २१ माघ २०७५, १५ : ३९
रुकुम– पुर्वी रुकुममा सदरमुकाम सार्ने बिषयमा विवाद बढेपछि प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाएको छ । हाल सदरमुकाम रहेको रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिकाको गोल्खाडामा सदरमुकाम सार्ने निर्णय कार्यन्वयनको माग गर्दै स्थानीयले आन्दोलन घोषणा गरेपछि सदरमुकामको चार किल्लामा कर्फ्यु लगाईएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।
प्रजिअ शर्माका अनुसार पुर्वमा सिस्ने गाउँपालिका–५ का धौलापहिरा, पश्चिममा रानीकोट , उत्तरमा सिस्ने –६ को रुकुमगाडा हुँदै धाउनेको पानीघट्टासम्म र दक्षिणमा सिस्ने ५ को रुमालाबारा हुँदै शहिद पार्कसम्म कर्फ्यु लगाएको हो ।
रुकुम पुर्वमा रुकुमकोट र गोल्खाडावासी बिच शनिवार र आईतवार भएको छलफलमा दुई पक्षले आ–आफ्नो स्थानमै सदरमुकाम हुनुपर्ने दावी नछाडेपछि झडपको स्थिति आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण