शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जापानः ‘नेकेड फ्रेन्डशिप’ को हराउँदै गएको संस्कृति

सोमबार, २८ माघ २०७५, ०८ : ४५
सोमबार, २८ माघ २०७५

उदाउँदो सूर्यको देश जापानमा वर्षौंदेखि एउटा परम्परा चल्दै आएको छ ।

यो परम्परा हो सार्वजनिक हम्माम अर्थात् बाथरुममा नुहाउने । यी हम्मामलाई जापानमा सेन्टो भनिन्छ ।

१९ औं शताब्दीसम्म यो हम्माम हरेक शहरमा ठूलो संख्यामा भेटिन्थे ।

नुहाउने यो स्थान जापानको संस्कृतिको एक महत्वपूर्ण हिस्सा थियो ।

एक समय यस्तो थियो जापानको हरेक स्थानमा हम्माम हुने गर्दथ्यो जहाँ पूरा परिवार नुहाउन सक्थे । मानिसहरु परिवारका सदस्यसँगै नुहाउनका लागि सेन्टो जाने गर्दथे ।

यी हम्माम घरका भित्तामा सुन्दर र आँखालाई शान्ति दिने पेन्टिङ बनाइन्यो ।

तर पछिल्लो आधा शताब्दीदेखि जापानमा सेन्टोको संख्या लगातार घटिरहेको छ ।

एकपटक जापानमा १८ हजार बढी सार्वजनिक स्नानघर हुने गर्दथ्यो ।

तर अब यसको संख्या घटेर तीन हजार पुगेको छ ।

जब यसको संख्या धेरै थियो तब यसका भित्तामा चित्र कोर्नेहरुको संख्या पनि धेरै थियो । हम्माम घटे, त्यसकारण यो सजाउने कलाकार पनि कम हुँदै गए ।

आजको समयमा जापानमा यी हम्माम घरमा पेन्टिङ गर्नेहरु जम्मा तीन कलाकार बचेका छन् । यीमध्ये एक ८३ वर्ष पुगे भने अर्को ७३ वर्षका ।

यी दुईबीच ३ वर्षकी तनाका हम्माम रंगाउने सबैभन्दा युवा कलाकार हुन् । उनीहरुलाई सेन्टो मास्टर भनिन्छ । तनाकाले जापानको सामाजिक जीवनको महत्वपूर्ण हिस्सा भएको सेन्टोलाई बचाउने पहल गरेकी छिन् ।

पछिल्लो ६ वर्षदेखि तनाका जापानका विभिन्न भागमा गएर यी हम्मामका भित्ता रंगाउँछिन् ता कि शताब्दी पुरानो यो परम्परालाई बचाउन सकियोस् ।

तनाकाले यी स्नानघरलाई एक दिनमा रंगाएर तयार गर्नुपर्छ । उनको लागि यो नै सबैभन्दा ठूलो चुनौती हो । कारण, हम्माम हप्तामा एक दिनमात्रै बन्द हुनसक्छ ।

कुनै पनि तनाकालाई रंगाउनका लागि तनाकासँग ११ घण्टाको समयमात्रै हुन्छ । तर उनलाई थाहा छ कि यहाँ नुहाउन आउने मानिसहरु संसारको तनाव हटाउनका लागि आउँछन् । त्यसकारण उनी नुहाउने व्यक्तिलाई आनन्दित पार्न सक्ने पेन्टिङ बनाउँछिन् ।

कहिले भयो सेन्टोको सुरुवात ?

जापानमा यी सार्वजनिक हम्माम वा सेन्टोको सुरुवात बौद्ध धर्मको प्रसारका साथै ७०० ईस्वीमा भएको थियो । किनभने बुद्धको पूजाका लागि शरिर सफा–सुग्घर हुनुपर्ने मान्यता राखिन्छ ।

यी सार्वजनिक स्नानघर सर्वसाधारणका लागि खुल्ला थिए । पैसा दिएर जो कोही पनि नुहाउन सक्थ्यो । १२०० इस्वीमा यी हम्मामलाई सेन्टो अर्थात् सिक्कामार्फत स्थान गर्ने स्थान भन्न थालियो ।

टोकियो सेन्टो एसोसिएशनका अनुसार १७ औं शताब्दीमा टोक्योको हरेक टोलमा आफ्नो हम्माम हुन्थ्यो । त्यसका भित्तामा भगवानसँग सम्बन्धित चित्रकला गरिन्थ्यो ता कि नुहाउन आउने व्यक्तिलाई शान्ति मिलोस् ।

सन् १८१० आउँदा–आउँदै टोकियोमा ५२३ हम्माम खोलिएका थिए । तर यसले मेइजीको राजमा सबैभन्दा चर्चा बटुल्यो ।

सन् १८६८ पछि सेन्टोमा महिला र पुरुषका लागि भिन्न–भिन्न नुहाउने स्थान बनाउन थालियो । यसका साथै मानिसहरु पूर्ण रुपमा नग्न भएर नुहाउने व्यवस्था पनि हुनथाल्यो ।

सेन्टोको संस्कृतिः

दोस्रो विश्वयुद्धको क्रममा जापानमा ठूलो परिमाणमा निर्माण कार्य चल्यो । यसको फाइदा सेन्टोको संस्कृतिलाई पनि पुग्यो । किनभने जापानको घरमा आफ्नो बाथरुम हुँदैनथ्यो ।

त्यसकारण यो सार्वजनिक स्नान घर नुहाई–धुवाईबाहेक मानिसहरुबीच गफगाफको माध्यम पनि बन्थ्यो । साथीहरु, छिमेकीसँग गफगाफ र दिमागी तनावलाई उतार्नका लागि ठूलो संख्यामा मानिसहरु हम्माम जान थाले ।

सन् १९६८ मा संसारभरी १८ हजार ३२५ सेन्टो चलिरहेका थिए । सेन्टोलाई ‘नेकेड फ्रेन्डशिप’ स्थल भनेर नामांकरण गर्न थालियो ।

सन् १९७० को दशकमा जब जापानको अर्थव्यवस्थाको विकास भयो तब मानिसहरु घरमा आफ्नो बाथरुम बनाउन थाले । नतिजा यो भयो कि सार्वजनिक हम्मामको चलन घट्न थाल्यो । अहिले जापानभरी केवल २६०० सेन्टो बाँकी छन् ।

ताईशोयूको सेन्टोका मालिक मिनोरु यामाउचीका अनुसार एक समयमा दैनिक एक सय ३० मानिस उनको हम्माममा नुहाउन आउँथे ।

ताइशोयूको हम्माममा मानिसहरु तीन सय ८० देखि पाँच सय येन दिएर तातो पानीमा आराम साथ नुहाउन सक्छन् ।

यहाँ पानीलाई ग्यासमार्फत तताइन्छ ।

युनिभर्सिटीमा इतिहासको पढाइका बेला सेन्टोबारे थाहा पाएकी तनाकाले यो परम्परालाई सजाउने सोच बनाइन् ।

यसैक्रममा उनले मोरियो नाकाजीमालाई भेटिन् र आठ वर्षसम्म माोरियोसँग भित्तामा रंगाउने काम सिकिन् ।

आजकाल तनाका वर्षमा २० सेन्टोका भित्ता रंगाउँछिन् । धेरैजसोमा उनी पुरानो पेन्टिङमा नै नयाँ रंग भर्छिन् ।

कुनैबेला जापानको गरिबी याद दिलाउने सेन्टो अब नयाँ पीढीलाई निकै मनपर्न थालेको छ । युवाहरु धेरैजसो सेन्टोमा स्नानका लागि जानेबारे कुरा गर्छन् ।

तनाकाका अनुसार नयाँ पीढीलाई कहिले पनि सेन्टो जाने सहमती नै दिइएन । तर आफ्नो वर्कशपमा समावेश भएपछि थुप्रै युवाहरु सेन्टो जान थालेको उनले बताइन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप